भजनसंग्रह 37:34-40

भजनसंग्रह 37:34-40 सरल नेपाली

तिमीले परमप्रभुमा आशा राख र उहाँका आज्ञा पालन गर। त्‍यस देशमाथि तिमीलाई अधिकार दिएर उहाँले तिम्रो आदर गर्नुहुनेछ र दुष्‍टहरू भागेको तिमीले देख्‍नेछौ। एकपल्‍ट म एक जना दुष्‍ट मानिसलाई चिन्‍दथें, जसले अरूलाई खुबै सताउँथ्‍यो, लेबनानको देवदारुजस्‍तै त्‍यो सबैभन्दा उच्‍च भएको थियो। तर पछि म त्‍यहाँबाट भएर जाँदा त्‍यो त्‍यहाँ थिएन, मैले त्‍यसलाई खोजें तर भेट्टाउन सकिनँ। भलो मानिसलाई हेर, धर्मी मानिसलाई ध्‍यानसित हेर, शान्‍तिप्रिय मानिसका आफ्‍ना साखा-सन्‍तान हुन्‍छन्। तर पापीहरू नाश भएर जान्‍छन्। अनि तिनका साखा-सन्‍तानको नाउँ-निशाना हराएर जान्‍छ। परमप्रभुले धर्मी मानिसलाई बचाउनुहुन्‍छ र आपत्‌को बेलामा तिनीहरूको रक्षा गर्नुहुन्‍छ। उहाँले तिनीहरूलाई सहायता गर्नुहुन्‍छ र तिनीहरूको उद्धार गर्नुहुन्‍छ। दुष्‍ट मानिसदेखि तिनीहरूलाई बचाउनुहुन्‍छ किनभने रक्षाको लागि तिनीहरू उहाँको शरण पर्छन्।

भजनसंग्रह 37 पढ्नुहोस्