हे याहवेह, मलाई विरोध गर्नेहरूको विरोध गरिदिनुहोस्; मसँग युद्ध गर्नेहरूका विरुद्धमा युद्ध गरिदिनुहोस्। ढाल लिनुहोस् र कवच पहिरनुहोस्; उठ्नुहोस् र मेरो सहायताको निम्ति खडा हुनुहोस्। मलाई खेद्नेहरूका विरुद्धमा तपाईंको भाला र बर्छा उठाउनुहोस्। मलाई भन्नुहोस्, “म तेरो मुक्ति हुँ।” मेरो प्राण लिन खोज्नेहरू अपमानित होऊन् र शर्ममा परून्; मेरा विरुद्धमा हानि रच्नेहरू पछाडि फर्कून् र शर्ममा परून्। याहवेहका स्वर्गदूतले तिनीहरूलाई टाढा लखेटून्; तिनीहरू बतासले उडाएका भुसजस्ता होऊन्। याहवेहका स्वर्गदूतले तिनीहरूलाई लखेटिरहून्; तिनीहरूको बाटो अँध्यारो र चिप्लो होस्। किनकि कारणविना तिनीहरूले मलाई फसाउनलाई पासो बिछाए; र कारणविना मलाई फसाउनलाई तिनीहरूले खाडल खने, अचानक तिनीहरूमाथि विनाश आइपरोस्; तिनीहरूले लुकाएर थापेको पासोमा तिनीहरू आफैँ परून्, तिनीहरूले खनेका खाडलमा आफैँ परेर नष्ट होऊन्।
भजनसंग्रह 35 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 35:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू