YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 35:1-8

भजनसंग्रह 35:1-8 NERV

हे परमप्रभु, मेरा युद्धहरू लडिदिनु होस्। मेरा लडाईँहरू लडिदिनु होस्! हे परमप्रभु! तपाईंको सानो ढाल र ठूलो कवच उठाउनु होस्। उठ्नु होस् र मलाई सहायता गर्नुहोस्। भाला र बर्छा लिनुहोस् अनि मलाई खेदो गर्नेहरूको विरूद्ध लड्नु होस्। परमप्रभु, मेरो प्राणलाई भन्नुहोस्, “म तिमीलाई बचाउनेछु।” कतिपय मानिसहरू मलाई मार्न तम्सिरहेका छन्। तिनीहरूलाई पछि फर्किएर भाग्ने बनाउनु होस्। तिनीहरूले मलाई नोक्सान गर्ने योजना बनाइरहेका छन्। यसर्थ तिनीहरूलाई जित्नु होस् र लज्जित पार्नु होस्। तिनीहरूलाई हावाले उडाउने भूस जस्तो बनाउनु होस्। तिनीहरूलाई परमप्रभुको स्वर्गदूतले खेदो गरून्। तिनीहरूका बाटोहरू अँध्यारो चिप्ला हुन्। परमप्रभुका स्वर्गदूतले तिनीहरूलाई खेद्न सकुन्। मैले अधर्म कर्महरू गरिनँ, तर ती मानिसहरूले मलाई पासोमा पार्ने कोशिश गरे। कुनै कारण नै बिना तिनीहरूले मलाई पासोमा पार्न खोजे। यसैकारण, हे परमप्रभु! तिनीहरूलाई आफ्नै पासोमा फँस्न दिनुहोस्। तिनीहरूलाई आफ्नै जालोहरूमा पछारिन दिनुहोस्। तिनीहरूलाई अज्ञात सङ्कटहरूले पक्रोस्।

भजनसंग्रह 35 पढ्नुहोस्