हे परमप्रभु, मलाई विरोध गर्नेहरूको विरोध गरिदिनुहोस्, मसँग युद्ध गर्नेहरूका विरुद्धमा युद्ध गरिदिनुहोस्। कवच पहिरनुहोस् र ढाल लिनुहोस्, र मेरो सहायतामा खड़ा हुनुहोस्। मलाई खेद्नेहरूका विरुद्धमा भाला र बर्छा उठाउनुहोस्, मेरो प्राणलाई भन्नुहोस्, “म तेरो उद्धार हुँ।” मेरो ज्यानको खेदो गर्नेहरू शर्ममा परून्, र तिनीहरू अपमानित होऊन्। मेरो विरुद्धमा उपाय रच्नेहरू लखेटिऊन् र अलमल्ल परून्। तिनीहरू बतासले उड़ाएको भुसजस्ता होऊन्, र परमप्रभुका स्वर्गदूतले तिनीहरूलाई लखेटून्। तिनीहरूको बाटो अँध्यारो र चिप्लो होस्, र परमप्रभुका दूतले तिनीहरूलाई लखेटी नै रहून्। किनकि विनाकारण तिनीहरूले मलाई फसाउनलाई जाल बिछाए, र विनाकारण मेरो प्राण लिन तिनीहरूले खाड़ल खने। अकस्मात् तिनीहरूमाथि सर्वनाश आइपरोस्, तिनीहरूले लुकाएर थापेको पासोमा तिनीहरू आफै परून्, तिनीहरू आफै त्यस खाड़लमा परेर नष्ट होऊन्।
भजनसंग्रह 35 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 35
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 35:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू