कुनै पनि राजाले उसको ठूलो सेनाद्वारा विजय पाउन सक्दैन; कुनै पनि योद्धा उसको ठूलो शक्तिद्वारा उम्कन सक्दैन। घोडामाथि छुटकाराको आशा राख्नु व्यर्थ छ; त्यसका सबै ठूला ताकतले पनि बचाउन सक्दैन। तर याहवेहको नजर उहाँका भय मान्नेहरूमाथि रहन्छ; तिनीहरूमाथि, जसको आशा उहाँको अचुक प्रेममाथि हुन्छ, तिनीहरूका प्राणलाई मृत्युबाट छुटकारा गराउन र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्न। हाम्रो अन्तस्करणले याहवेहको बाटो हेर्दछौँ; उहाँ नै हाम्रो सहायक र हाम्रो ढाल हुनुहुन्छ। उहाँमा नै हाम्रा हृदय रमाउँछन्; किनकि हामी उहाँको पवित्र नाममा भरोसा राख्दछौँ।
भजनसंग्रह 33 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 33:16-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू