भजनसंग्रह 33:16-21
भजनसंग्रह 33:16-21 पवित्र बाइबल (NERV)
कुनै पनि राजा आफ्नो महान् शक्तिद्वारा बाँच्दैन। कुनै पनि बलियो सिपाही उसको महान् बलबाट बाँच्दैन। घोडाहरूले साँच्चै लडाइँमा विजय ल्याउँदैनन्। तिनीहरूका बलले तिनीहरूलाई वास्तवमा भाग्न सहायता गर्न सक्दैन। परमप्रभुले हेर्नुहुन्छ साथै हेरचाह गर्नुहुन्छ तिमीहरूमध्ये जसले उहाँलाई मान्दछन्। जसले उहाँलाई सम्मान् गर्छ उहाँ महान् प्रेमले, मानिसहरूको रक्षा गर्नुहुन्छ। परमेश्वरले ती मानिसहरूलाई मृत्युबाट बचाउनु हुन्छ। जब तिनीहरू भोका हुन्छन् उहाँले तिनीहरूलाई बल दिनुहुन्छ। यसैले हामी आशा लिएर परमप्रभुलाई पर्खनेछौं। उहाँले हामीलाई साथ दिनुहुन्छ र रक्षा गर्नुहुन्छ। परमेश्वरले हामीलाई खुशी पार्नु हुन्छ, हामी साँच्चै उहाँको पवित्र नाउँमा भरोसा गर्छौं।
भजनसंग्रह 33:16-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आफ्ना बलिया सेनाले राजा विजयी हुँदैन, सिपाहीले आफ्ना पाखुराका बलले विजय पाउँदैन। विजय पाउन लडाइँका घोडाहरू बेकामका हुन्छन्, तिनीहरूका धेरै बलले कसैलाई बचाउँदैन। परमप्रभुले आफ्ना आज्ञा मान्नेहरू, आफ्ना प्रेममा भरोसा राख्नेहरूको रखवाली गर्नुहुन्छ। उहाँले तिनीहरूलाई मृत्युदेखि बचाउनुहुन्छ, उहाँले तिनीहरूलाई अनिकालको समयमा बचाइराख्नुहुन्छ। हामी प्रभुमा आफ्नो आशा राख्दछौं, उहाँ हाम्रा रक्षक र सहायता हुनुहुन्छ। उहाँको कारणले गर्दा हामी खुसी छौं, उहाँको पवित्र नाउँमा हामी भरोसा गर्छौं।
भजनसंग्रह 33:16-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कुनै राजा आफ्नो ठूलो सेनाद्वारा बाँच्न सक्दैन, कुनै योद्धा आफ्नो ठूलो सामर्थ्यद्वारा बाँच्न सक्दैन। घोडामाथि छुटकाराको आशा राख्नु व्यर्थ छ, त्यसको ठूलो ताकतले पनि बचाउन सक्दैन। तर परमप्रभुको दृष्टि उहाँको भय मान्नेहरूमाथि छ, तिनीहरूमाथि जसको आशा उहाँको अचूक कृपामाथि छ, तिनीहरूका प्राणलाई मृत्युबाट छुटकारा दिन, र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्न। हामी आशा लिएर परमप्रभुको बाटो हेर्दछौं, उहाँ नै हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्छ। उहाँमा नै हामी हर्षित हुन्छौं, किनभने उहाँको पवित्र नाउँमा हामी भरोसा राख्छौं।
भजनसंग्रह 33:16-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
कुनै पनि राजाले उसको ठूलो सेनाद्वारा विजय पाउन सक्दैन; कुनै पनि योद्धा उसको ठूलो शक्तिद्वारा उम्कन सक्दैन। घोडामाथि छुटकाराको आशा राख्नु व्यर्थ छ; त्यसका सबै ठूला ताकतले पनि बचाउन सक्दैन। तर याहवेहको नजर उहाँका भय मान्नेहरूमाथि रहन्छ; तिनीहरूमाथि, जसको आशा उहाँको अचुक प्रेममाथि हुन्छ, तिनीहरूका प्राणलाई मृत्युबाट छुटकारा गराउन र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्न। हाम्रो अन्तस्करणले याहवेहको बाटो हेर्दछौँ; उहाँ नै हाम्रो सहायक र हाम्रो ढाल हुनुहुन्छ। उहाँमा नै हाम्रा हृदय रमाउँछन्; किनकि हामी उहाँको पवित्र नाममा भरोसा राख्दछौँ।