कुनै राजा आफ्नो ठूलो सेनाद्वारा बाँच्न सक्दैन, कुनै योद्धा आफ्नो ठूलो सामर्थ्यद्वारा बाँच्न सक्दैन। घोडामाथि छुटकाराको आशा राख्नु व्यर्थ छ, त्यसको ठूलो ताकतले पनि बचाउन सक्दैन। तर परमप्रभुको दृष्टि उहाँको भय मान्नेहरूमाथि छ, तिनीहरूमाथि जसको आशा उहाँको अचूक कृपामाथि छ, तिनीहरूका प्राणलाई मृत्युबाट छुटकारा दिन, र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्न। हामी आशा लिएर परमप्रभुको बाटो हेर्दछौं, उहाँ नै हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्छ। उहाँमा नै हामी हर्षित हुन्छौं, किनभने उहाँको पवित्र नाउँमा हामी भरोसा राख्छौं।
भजनसंग्रह 33 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 33
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 33:16-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू