YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 33:1-11

भजनसंग्रह 33:1-11 NCV

हे धर्मी जनहरू हो, याहवेहमा आनन्दसाथ गाओ; सोझो मन भएकाहरूले उहाँको स्तुति गर्न सुहाउँछ। वीणा बजाएर याहवेहको प्रशंसा गर; दसतारे वीणा बजाएर उहाँका लागि सङ्गीत बजाओ। उहाँको निम्ति एउटा नयाँ गीत गाओ; निपुणतासाथ बाजाहरू बजाओ र आनन्दको जयजयकार गर। किनकि याहवेहको वचन ठिक र सत्य छ; उहाँ आफ्ना सबै कामहरूमा विश्‍वासयोग्य हुनुहुन्छ। याहवेहले धार्मिकता र न्यायलाई मन पराउनुहुन्छ; उहाँको अचुक प्रेमले पृथ्वी भरिपूर्ण छ। याहवेहको वचनद्वारा आकाशहरू बनिए, उहाँकै मुखको सासले सूर्य, चन्द्र र ताराहरू बनिए। उहाँले समुद्रको पानीलाई जम्मा गरेर एक थुप्रो पार्नुहुन्छ; उहाँले सागरहरूलाई भण्डारगृहमा राख्नुहुन्छ। सारा पृथ्वीले याहवेहको डर मानोस्; संसारका सारा मानिसहरू, उहाँको भयमा स्थिर भई खडा होऊन्। किनकि उहाँले बोल्नुभयो र पृथ्वी अस्तित्वमा आयो; उहाँको आज्ञाले पृथ्वी स्थिर भयो। याहवेहले राष्ट्रहरूका योजनाहरू रद्द तुल्याउनुहुन्छ; उहाँले मानिसहरूका उद्देश्यलाई विफल तुल्याउनुहुन्छ। तर याहवेहका योजनाहरू सदासर्वदा स्थिर रहन्छन्; उहाँका हृदयका विचारहरू पुस्तौँसम्म रहिरहन्छन्।

भजनसंग्रह 33 पढ्नुहोस्