YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 33:1-11

भजनसंग्रह 33:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे धर्मीजन हो, परमप्रभुमा आनन्‍दसित भजन गाओ। सोझो मन भएकाहरूले उहाँको स्‍तुति गर्न सुहाउँदो छ। वीणा बजाउँदै परमप्रभुको प्रशंसा गर, दश-तारे सारङ्गी बजाउँदै उहाँको स्‍तुति गाओ। उहाँको निम्‍ति एउटा नयाँ भजन गाओ, जयजयकार गर्दै निपुणतासाथ वाद्यहरू बजाओ। किनकि परमप्रभुको वचन ठीक र सत्‍य छ, र उहाँका सबै काम विश्‍वस्‍ततामा हुन्‍छन्‌। परमप्रभुले धार्मिकता र न्‍यायलाई मन पराउनुहुन्‍छ। उहाँको अचूक कृपाले पृथ्‍वी भरिपूर्ण भएको छ। परमप्रभुको वचनले आकासहरू निर्माण भए, र उहाँकै मुखको सासले त्‍यहाँका ग्रह-नक्षत्रहरू। उहाँले समुद्रको पानीलाई जम्‍मा गरेर एक थुप्रो पार्नुहुन्‍छ। उहाँले गहिरा सागरहरूलाई आफ्‍ना ढुकुटीमा राख्‍नुहुन्‍छ। सारा पृथ्‍वीले परमप्रभुको भय मानोस्‌ संसारका सारा निवासीहरूले उहाँको भक्ति गरून्‌। किनकि उहाँका मुखको वचनले सारा सृष्‍टि रचियो, उहाँले आज्ञा गर्नुभयो, र त्‍यो स्‍थिर रह्यो। परमप्रभुले जाति-जातिका योजनाहरू रद्द तुल्‍याउनुहुन्‍छ, उहाँले मानिसहरूका विचार-विमर्शलाई विफल तुल्‍याउनुहुन्‍छ। तर परमप्रभुका योजनाहरू सदा स्‍थिर रहन्‍छन्‌, उहाँको हृदयका विचार पुस्‍तौँसम्‍म रहिरहन्‍छन्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 33 पढ्नुहोस्

भजनसंग्रह 33:1-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे धर्मी जनहरू हो, याहवेहमा आनन्दसाथ गाओ; सोझो मन भएकाहरूले उहाँको स्तुति गर्न सुहाउँछ। वीणा बजाएर याहवेहको प्रशंसा गर; दसतारे वीणा बजाएर उहाँका लागि सङ्गीत बजाओ। उहाँको निम्ति एउटा नयाँ गीत गाओ; निपुणतासाथ बाजाहरू बजाओ र आनन्दको जयजयकार गर। किनकि याहवेहको वचन ठिक र सत्य छ; उहाँ आफ्ना सबै कामहरूमा विश्‍वासयोग्य हुनुहुन्छ। याहवेहले धार्मिकता र न्यायलाई मन पराउनुहुन्छ; उहाँको अचुक प्रेमले पृथ्वी भरिपूर्ण छ। याहवेहको वचनद्वारा आकाशहरू बनिए, उहाँकै मुखको सासले सूर्य, चन्द्र र ताराहरू बनिए। उहाँले समुद्रको पानीलाई जम्मा गरेर एक थुप्रो पार्नुहुन्छ; उहाँले सागरहरूलाई भण्डारगृहमा राख्नुहुन्छ। सारा पृथ्वीले याहवेहको डर मानोस्; संसारका सारा मानिसहरू, उहाँको भयमा स्थिर भई खडा होऊन्। किनकि उहाँले बोल्नुभयो र पृथ्वी अस्तित्वमा आयो; उहाँको आज्ञाले पृथ्वी स्थिर भयो। याहवेहले राष्ट्रहरूका योजनाहरू रद्द तुल्याउनुहुन्छ; उहाँले मानिसहरूका उद्देश्यलाई विफल तुल्याउनुहुन्छ। तर याहवेहका योजनाहरू सदासर्वदा स्थिर रहन्छन्; उहाँका हृदयका विचारहरू पुस्तौँसम्म रहिरहन्छन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 33 पढ्नुहोस्

भजनसंग्रह 33:1-11 पवित्र बाइबल (NERV)

हे असल धार्मिक मानिसहरू परमप्रभुमा आनन्दित होऊ! उहाँको गुण गाउनु मानिसहरूका लागि राम्रो हुन्छ। वीणा बजाएर परमप्रभुको स्तुति गर! दश तारे साराङ्गी बजाएर परमप्रभुको भजन गाओ। उहाँको निम्ति एउटा नयाँ गीत गाऊ। सुखमय सुन्दर वाद्यहरू बजाऊ! परमेश्वरको वचन सत्य छ। उहाँले गर्नुभएको प्रत्येक कुरामा तिमीहरू भर पर्न सक्छौ। परमेश्वर स्वच्छ हुनु मन पराउनु हुन्छ अनि राम्रो काम गर्नु हुन्छ। परमेश्वरको साँच्चो प्रेमले पृथ्वी भरिन्छ। परमप्रभुले आदेश गर्नुभयो र यो संसार बनियो। परमेश्वरको मुखबाट निस्केको सासबाट पृथ्वीमा प्रत्येक कुराको सृजना भयो। परमप्रभुले समुद्रबाट पानी एक ठाउँमा थुपार्नु भयो। उहाँले सागरलाई आफ्नो ठाउँमा राख्नुभयो। यस पृथ्वीमा प्रत्येक मानिसले डराउनु पर्छ र परमप्रभुको सम्मान गर्नु पर्छ। संसारमा भएका सबै मानिसहरू उहाँदेखि डराउनु पर्नेछ। किनभने परमेश्वरले आदेश गर्दा मात्र ती कुराहरू प्रकट हुन्छन। अनि यदि उहँले भन्नुहुन्छ, “रोक!” तब ती सबै रोकिने छन्। यदि परमप्रभुले चाहनु भयो भने, प्रत्येकका योजनाहरू व्यार्थ पार्न सक्नुहुन्छ। उहाँले तिनीहरूका योजनाहरू ध्वंश पार्न सक्नु हुन्छ। तर परमप्रभुको सल्लाह सदा-सर्वदा असल हुन्छ। उहाँका योजनाहरू पुस्तौं-पुस्तासम्म असल हुन्छन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 33 पढ्नुहोस्

भजनसंग्रह 33:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे सबै धर्मीहरू हो! परमप्रभुले जे गर्नुभएको छ, त्‍यसको लागि हर्षले जयजयकार गर! उहाँका आज्ञा मान्‍नेहरू सबैले; उहाँको प्रशंसा गर। वीणा बजाउँदै परमप्रभुलाई धन्‍यवाद देओ, तारका बाजाहरू बजाएर उहाँको स्‍तुति गर। उहाँको निम्‍ति एउटा नयाँ गीत गाओ। निपुणतासाथ वीणा बजाओ र आनन्‍दले स्‍वर उचाल। परमप्रभुका वचन सत्‍य छन्, उहाँका कामहरू भर पर्न लायक छन्। जे कुरा धार्मिक र न्‍यायले पूर्ण छन्, तिनलाई परमप्रभुले प्रेम गर्नुहुन्‍छ। उहाँको अटुट प्रेमले पृथ्‍वी भरिन्‍छ। परमप्रभुले आफ्‍ना आज्ञाद्वारा आकाशहरू बनाउनुभयो, उहाँले बोलेका वचनले घाम, जून र ताराहरू बनाउनुभयो। सारा समुद्रलाई उहाँले एक ठाउँमा जम्‍मा गर्नुभयो; उहाँले महासागरका तालहरू ढुकुटीमा जस्‍तै बन्‍द गर्नुभयो। सारा पृथ्‍वीले परमप्रभुको उपासना गर। सारा जगत्‌का मानिसहरूले उहाँलाई आदर गर! उहाँ बोल्‍नुहुँदा संसारको रचना भयो, उहाँका आज्ञाले सबै कुरा बनिए। राष्‍ट्रहरूले चाहेका उद्देश्‍य परमप्रभुले विफल गर्नुहुन्‍छ, उहाँले तिनीहरूलाई आफ्‍ना युक्ति पूरा गर्नदेखि रोक्‍नुहुन्‍छ। तर उहाँका योजनाहरू सधैँभरि रहँदछन्, उहाँका सङ्कल्‍पहरू अनन्‍तकालसम्‍म रहिरहन्‍छन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 33 पढ्नुहोस्