YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 33:1-11

भजनसंग्रह 33:1-11 सरल नेपाली

हे सबै धर्मीहरू हो! परमप्रभुले जे गर्नुभएको छ, त्‍यसको लागि हर्षले जयजयकार गर! उहाँका आज्ञा मान्‍नेहरू सबैले; उहाँको प्रशंसा गर। वीणा बजाउँदै परमप्रभुलाई धन्‍यवाद देओ, तारका बाजाहरू बजाएर उहाँको स्‍तुति गर। उहाँको निम्‍ति एउटा नयाँ गीत गाओ। निपुणतासाथ वीणा बजाओ र आनन्‍दले स्‍वर उचाल। परमप्रभुका वचन सत्‍य छन्, उहाँका कामहरू भर पर्न लायक छन्। जे कुरा धार्मिक र न्‍यायले पूर्ण छन्, तिनलाई परमप्रभुले प्रेम गर्नुहुन्‍छ। उहाँको अटुट प्रेमले पृथ्‍वी भरिन्‍छ। परमप्रभुले आफ्‍ना आज्ञाद्वारा आकाशहरू बनाउनुभयो, उहाँले बोलेका वचनले घाम, जून र ताराहरू बनाउनुभयो। सारा समुद्रलाई उहाँले एक ठाउँमा जम्‍मा गर्नुभयो; उहाँले महासागरका तालहरू ढुकुटीमा जस्‍तै बन्‍द गर्नुभयो। सारा पृथ्‍वीले परमप्रभुको उपासना गर। सारा जगत्‌का मानिसहरूले उहाँलाई आदर गर! उहाँ बोल्‍नुहुँदा संसारको रचना भयो, उहाँका आज्ञाले सबै कुरा बनिए। राष्‍ट्रहरूले चाहेका उद्देश्‍य परमप्रभुले विफल गर्नुहुन्‍छ, उहाँले तिनीहरूलाई आफ्‍ना युक्ति पूरा गर्नदेखि रोक्‍नुहुन्‍छ। तर उहाँका योजनाहरू सधैँभरि रहँदछन्, उहाँका सङ्कल्‍पहरू अनन्‍तकालसम्‍म रहिरहन्‍छन्।

भजनसंग्रह 33 पढ्नुहोस्