हे धर्मीजन हो, परमप्रभुमा आनन्दसित भजन गाओ। सोझो मन भएकाहरूले उहाँको स्तुति गर्न सुहाउँदो छ। वीणा बजाउँदै परमप्रभुको प्रशंसा गर, दश-तारे सारङ्गी बजाउँदै उहाँको स्तुति गाओ। उहाँको निम्ति एउटा नयाँ भजन गाओ, जयजयकार गर्दै निपुणतासाथ वाद्यहरू बजाओ। किनकि परमप्रभुको वचन ठीक र सत्य छ, र उहाँका सबै काम विश्वस्ततामा हुन्छन्। परमप्रभुले धार्मिकता र न्यायलाई मन पराउनुहुन्छ। उहाँको अचूक कृपाले पृथ्वी भरिपूर्ण भएको छ। परमप्रभुको वचनले आकासहरू निर्माण भए, र उहाँकै मुखको सासले त्यहाँका ग्रह-नक्षत्रहरू। उहाँले समुद्रको पानीलाई जम्मा गरेर एक थुप्रो पार्नुहुन्छ। उहाँले गहिरा सागरहरूलाई आफ्ना ढुकुटीमा राख्नुहुन्छ। सारा पृथ्वीले परमप्रभुको भय मानोस् संसारका सारा निवासीहरूले उहाँको भक्ति गरून्। किनकि उहाँका मुखको वचनले सारा सृष्टि रचियो, उहाँले आज्ञा गर्नुभयो, र त्यो स्थिर रह्यो। परमप्रभुले जाति-जातिका योजनाहरू रद्द तुल्याउनुहुन्छ, उहाँले मानिसहरूका विचार-विमर्शलाई विफल तुल्याउनुहुन्छ। तर परमप्रभुका योजनाहरू सदा स्थिर रहन्छन्, उहाँको हृदयका विचार पुस्तौँसम्म रहिरहन्छन्।
भजनसंग्रह 33 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 33
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 33:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू