याहवेहका व्यवस्थाहरू सिद्ध छन्, प्राणलाई ताजा गराउने, याहवेहका कानुनहरू विश्वासयोग्य छन्; सोझा व्यक्तिलाई बुद्धिमान् तुल्याउने। याहवेहका नियमहरू ठिक छन्, हृदयलाई आनन्दित गराउने, याहवेहका आज्ञाहरू उज्ज्वल छन्, आँखालाई ज्योति दिने। याहवेहको भय स्वच्छ छ, अनन्तकाल सम्मै स्थिर रहिरहने; याहवेहका उर्दीहरू अटल छन्, ती सबै धार्मिक सत्य छन्। ती सुनभन्दा पनि ज्यादै बहुमूल्य, निखुर सुनभन्दा, अझ ज्यादा बहुमूल्य छन्; ती महभन्दा मिठा, चाकाबाट झर्दै गरेको महभन्दा मिठा छन्। तीद्वारा तपाईंका सेवकले चेतावनी पाउँछ; ती पालन गर्दा ठूलो प्रतिफल मिल्छ।
भजनसंग्रह 19 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 19:7-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू