YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 19:7-11

भजनसंग्रह 19:7-11 सरल नेपाली

परमप्रभुको व्‍यवस्‍था सिद्ध छ; त्‍यसले नयाँ बल दिन्‍छ। परमप्रभुका आज्ञाहरू विश्‍वासयोग्‍य छन्, त्‍यसले बुद्धि नभएकालाई बुद्धि दिन्‍छ। परमप्रभुका व्‍यवस्‍थाहरू ठीक छन् र जसले आज्ञाहरूलाई पालन गर्दछ त्‍यो प्रसन्‍न रहन्‍छ। परमप्रभुका आज्ञाहरू न्‍यायपूर्ण छन् र त्‍यसले मानिसको मनमा बुझ्‍ने समझ दिँदछ। परमप्रभुको भय मान्‍नु असल छ र सदाकालको निम्‍ति स्‍थिर रहनेछ। परमप्रभुका निसाफहरू न्‍यायपूर्ण छन् र सधैँ न्‍यायसङ्गत हुन्‍छन्। निखुर सुनभन्दा धेरै चाहना गर्ने लायकका छन्, सबैभन्दा शुद्ध महभन्दा पनि मीठा छन्। तिनले म तपाईंको दासलाई ज्ञान दिन्‍छन्, ती मानेको कारणले मैले इनाम पाउँछु।

भजनसंग्रह 19 पढ्नुहोस्