भजनसंग्रह 19:7-11

भजनसंग्रह 19:7-11 NCV

याहवेहका व्यवस्थाहरू सिद्ध छन्, प्राणलाई ताजा गराउने, याहवेहका कानुनहरू विश्‍वासयोग्य छन्; सोझा व्यक्तिलाई बुद्धिमान् तुल्याउने। याहवेहका नियमहरू ठिक छन्, हृदयलाई आनन्दित गराउने, याहवेहका आज्ञाहरू उज्ज्वल छन्, आँखालाई ज्योति दिने। याहवेहको भय स्वच्छ छ, अनन्तकाल सम्मै स्थिर रहिरहने; याहवेहका उर्दीहरू अटल छन्, ती सबै धार्मिक सत्य छन्। ती सुनभन्दा पनि ज्यादै बहुमूल्य, निखुर सुनभन्दा, अझ ज्यादा बहुमूल्य छन्; ती महभन्दा मिठा, चाकाबाट झर्दै गरेको महभन्दा मिठा छन्। तीद्वारा तपाईंका सेवकले चेतावनी पाउँछ; ती पालन गर्दा ठूलो प्रतिफल मिल्छ।

भजनसंग्रह 19:7-11 को लागि पद छवि

भजनसंग्रह 19:7-11 - याहवेहका व्यवस्थाहरू सिद्ध छन्,
प्राणलाई ताजा गराउने,
याहवेहका कानुनहरू विश्‍वासयोग्य छन्;
सोझा व्यक्तिलाई बुद्धिमान् तुल्याउने।
याहवेहका नियमहरू ठिक छन्,
हृदयलाई आनन्दित गराउने,
याहवेहका आज्ञाहरू उज्ज्वल छन्,
आँखालाई ज्योति दिने।
याहवेहको भय स्वच्छ छ,
अनन्तकाल सम्मै स्थिर रहिरहने;
याहवेहका उर्दीहरू अटल छन्,
ती सबै धार्मिक सत्य छन्।

ती सुनभन्दा पनि ज्यादै बहुमूल्य,
निखुर सुनभन्दा, अझ ज्यादा बहुमूल्य छन्;
ती महभन्दा मिठा,
चाकाबाट झर्दै गरेको महभन्दा मिठा छन्।
तीद्वारा तपाईंका सेवकले चेतावनी पाउँछ;
ती पालन गर्दा ठूलो प्रतिफल मिल्छ।