YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 144:1-7

भजनसंग्रह 144:1-7 NCV

याहवेह मेरा चट्टानलाई प्रशंसा होस्, जसले मेरा हातहरूलाई युद्धकला, र मेरा औँलाहरूलाई लडाइँ गर्न सिकाउनुहुन्छ। उहाँ मेरो प्रेमिलो परमेश्‍वर, र मेरो किल्‍ला हुनुहुन्छ; उहाँ मेरो बलियो किल्‍ला र मेरो उद्धारक, मेरो ढाल, जसमा म शरण लिन्छु, उहाँले जाति-जातिहरूलाई मेरो अधीनमा राख्नुहुन्छ। हे याहवेह, मानव-जाति के हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ, मरणशील मानिस को हो, र तपाईं त्यसको विचार गर्नुहुन्छ? तिनीहरू त केवल सासजस्तो मात्र हुन्; तिनीहरूका आयु ढलिजाने छायाजस्तै मात्र हुन्। हे याहवेह, आफ्ना स्वर्गहरूलाई खोल्नुहोस् र तल ओर्लनुहोस्; पर्वतहरूलाई छुनुहोस् र तीबाट धुवाँ उठोस्। बिजुली चम्काउनुहोस् र मेरा शत्रुहरूलाई तितरबितर पार्नुहोस्! आफ्ना काँडहरू छोडेर तिनीहरूलाई अलमलमा पारिदिनुहोस्! उच्‍च स्थानबाट आफ्ना हात लम्काउनुहोस्; अनि उर्लंदो बाढीबाट र विदेशीहरूका हातबाट मलाई उद्धार गर्नुहोस् र छुटाउनुहोस्।

भजनसंग्रह 144 पढ्नुहोस्