YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 144:1-7

भजनसंग्रह 144:1-7 NNRV

मेरो चट्टान, परमप्रभुको प्रशंसा होस्‌, जसले मेरो हातलाई युद्ध गर्न, र मेरा औँलाहरूलाई लड़ाइँ गर्न सिकाउनुहुन्‍छ। उहाँ मेरा करुणामय परमेश्‍वर र मेरो किल्‍ला हुनुहुन्‍छ, मेरो गढ़ र मेरो उद्धारक। उहाँ मेरो ढाल, उहाँमा नै म शरण लिन्‍छु। उहाँले मानिसहरूलाई मेरो अधीनमा पार्नुहुन्‍छ। हे परमप्रभु, मानिस के हो, र तपाईंले त्‍यसको वास्‍ता गर्नुहुन्‍छ? मानिसको छोरा को हो, र तपाईं त्‍यसको विचार गर्नुहुन्‍छ? मानिस त एक मुट्ठी सासजस्‍तो मात्र छ, त्‍यसको आयु ढलिजाने छायाजस्‍तो मात्र छ। हे परमप्रभु, आफ्‍नो स्‍वर्गलाई खोल्‍नुहोस्‌ र तल ओर्लनुहोस्‌, पहाड़हरूलाई छुनुहोस्‌, र तीबाट धूवाँ निक्‍लिआओस्‌। बिजुली चम्‍काउनुहोस्‌ र मेरा शत्रुहरूलाई छिन्‍नभिन्‍न पार्नुहोस्‌। आफ्‍ना बाण छोड्‌नुहोस्‌ र तिनीहरूलाई लखेटिदिनुहोस्‌। उच्‍च स्‍थानबाट आफ्‍नो हात पसार्नुहोस्‌, र उर्लंदो बाढ़बाट र विदेशीहरूका हातबाट मलाई उद्धार गर्नुहोस्‌ र छुटाउनुहोस्‌