हे याहवेह, म तपाईंलाई पुकार्छु, तपाईं चाँडै मकहाँ आउनुहोस्; जब म तपाईंलाई पुकार्छु, मलाई सुनिदिनुहोस्! मेरो प्रार्थना तपाईंको सामु सुगन्धित धूपजस्तै होस्; र मैले आफ्ना हातहरू उचाल्दा, बेलुकीको त्यस बलिदानजस्तै ठहरिओस्! हे याहवेह, मेरो मुखमा एउटा पाले राखिदिनुहोस्; मेरा ओठहरूको ढोकामाथि रखवाली गरिदिनुहोस्! मेरो हृदय खराब कुरातिर आकर्षित नहोस्; ताकि अधर्मीहरूका दुष्कर्ममा म कुनै भाग नलिऊँ; साथै ती कुकर्मीहरूसित मिलेर मैले तिनीहरूको स्वादिष्ठ भोजन खान नपरोस्! धर्मी जनले मलाई हिर्काऊन्, त्यो त मेरो निम्ति दया हुनेछ; तिनले मलाई हप्काऊन्, त्योचाहिँ मेरो शिरको निम्ति तेल हुनेछ। मेरो शिरले त्यसलाई इन्कार गर्नेछैन; किनभने मेरो प्रार्थना सधैँ कुकर्मीहरूका कामको विरुद्ध हुन्छ। तिनीहरूका शासक भिरबाट तल खसालिनेछन्, र दुष्टहरूले जान्नेछन् कि, मेरा वचनहरू ठिक थिए। तिनीहरूले भन्नेछन्, “जसरी हलो जोत्नेले जमिन जोतेर फुटाउँछ, त्यसरी नै हाम्रा हाडहरू चिहानका मुखमा छरिएका छन्।” हे याहवेह प्रभु, मेरा आँखा तपाईंतिरै रहन्छन्; म तपाईंमा शरण लिन्छु; मेरो जीवन मृत्युलाई नदिनुहोस्! कुकर्मीहरूले मेरा निम्ति थापेको धरापबाट, तिनीहरूले थापेका पासोबाट मलाई रक्षा गर्नुहोस्! म सकुशल उम्कँदा, दुष्टहरूचाहिँ तिनीहरूका आफ्नै जालमा फसून्।
भजनसंग्रह 141 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 141:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू