YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 141:1-10

भजनसंग्रह 141:1-10 NNRV

हे परमप्रभु, म तपाईंलाई पुकार्दछु, तपाईं चाँड़ै आउनुहोस्‌। मैले तपाईंलाई पुकारा गर्दा मेरो आवाज सुनिदिनुहोस्‌। मेरो प्रार्थना तपाईंको सामुन्‍ने सुगन्‍धित धूपजस्‍तै होस्‌, र मैले आफ्‍ना हात उचाल्‍दा, त्‍यो बेलुकीको बलिजस्‍तै ठहरिओस्‌। हे परमप्रभु, मेरो मुखमा एउटा पाले राखिदिनुहोस्‌, मेरा ओठको ढोकाको रखवाली गरिदिनुहोस्‌। दुष्‍ट काम गर्ने मानिसहरूसित दुष्‍कर्ममा सहभागी हुन मेरो हृदय खराब कुरातिर नबरालिओस्‌, र मलाई तिनीहरूको स्‍वादिष्‍ठ भोजन खानु नपरोस्‌। धर्मी मानिसले मलाई हिर्काऊन्‌, त्‍यो त मेरो निम्‍ति दया हुनेछ। तिनले मलाई हप्‍काऊन्‌, त्‍यो मेरो शिरको निम्‍ति तेल हुनेछ। मेरो शिरले त्‍यो इन्‍कार गर्नेछैन। तापनि मेरो प्रार्थना सधैँ कुकर्मीहरूका विरुद्ध हुन्‍छ। तिनीहरूका शासकहरू पहाड़का भीरबाट तल खसालिनेछन्‌, र दुष्‍टहरूले मैले बोलेको वचन सत्‍य हो भन्‍ने बुझ्‍नेछन्‌। तिनीहरूले भन्‍नेछन्‌, “जसरी हलो जोत्‍नेले भूमि जोतेर फुटाउँदछ, त्‍यसरी नै हाम्रा हड्डीहरू चिहानको मुखमा छरिएका छन्‌।” हे परमप्रभु परमेश्‍वर, मेरा आँखा तपाईंतिरै रहन्‍छन्‌, तपाईंमा म शरण लिन्‍छु, मलाई मृत्‍युको मुखमा नफालिदिनुहोस्‌। तिनीहरूले मेरो निम्‍ति थापेका धरापबाट, दुष्‍ट काम गर्नेहरूले थापेका पासोहरूबाट मलाई बचाउनुहोस्‌। दुष्‍टहरू तिनीहरूका आफ्‍ना जालमा फसून्‌, जब मचाहिँ सुरक्षित निस्‍किआउँछु।