YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 141:1-10

भजनसंग्रह 141:1-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे याहवेह, म तपाईंलाई पुकार्छु, तपाईं चाँडै मकहाँ आउनुहोस्; जब म तपाईंलाई पुकार्छु, मलाई सुनिदिनुहोस्! मेरो प्रार्थना तपाईंको सामु सुगन्धित धूपजस्तै होस्; र मैले आफ्ना हातहरू उचाल्दा, बेलुकीको त्यस बलिदानजस्तै ठहरिओस्! हे याहवेह, मेरो मुखमा एउटा पाले राखिदिनुहोस्; मेरा ओठहरूको ढोकामाथि रखवाली गरिदिनुहोस्! मेरो हृदय खराब कुरातिर आकर्षित नहोस्; ताकि अधर्मीहरूका दुष्कर्ममा म कुनै भाग नलिऊँ; साथै ती कुकर्मीहरूसित मिलेर मैले तिनीहरूको स्वादिष्‍ठ भोजन खान नपरोस्! धर्मी जनले मलाई हिर्काऊन्, त्यो त मेरो निम्ति दया हुनेछ; तिनले मलाई हप्काऊन्, त्योचाहिँ मेरो शिरको निम्ति तेल हुनेछ। मेरो शिरले त्यसलाई इन्कार गर्नेछैन; किनभने मेरो प्रार्थना सधैँ कुकर्मीहरूका कामको विरुद्ध हुन्छ। तिनीहरूका शासक भिरबाट तल खसालिनेछन्, र दुष्‍टहरूले जान्‍नेछन् कि, मेरा वचनहरू ठिक थिए। तिनीहरूले भन्‍नेछन्, “जसरी हलो जोत्नेले जमिन जोतेर फुटाउँछ, त्यसरी नै हाम्रा हाडहरू चिहानका मुखमा छरिएका छन्।” हे याहवेह प्रभु, मेरा आँखा तपाईंतिरै रहन्छन्; म तपाईंमा शरण लिन्छु; मेरो जीवन मृत्युलाई नदिनुहोस्! कुकर्मीहरूले मेरा निम्ति थापेको धरापबाट, तिनीहरूले थापेका पासोबाट मलाई रक्षा गर्नुहोस्! म सकुशल उम्कँदा, दुष्‍टहरूचाहिँ तिनीहरूका आफ्नै जालमा फसून्।

शेयर गर्नुहोस्
भजनसंग्रह 141 पढ्नुहोस्

भजनसंग्रह 141:1-10 पवित्र बाइबल (NERV)

हे परमप्रभु, मैले तपाईंलाई गुहार मागें। मेरो प्रार्थना सुनि दिनुहोस्। चाँडो आएर मलाई साथ दिनुहोस्। परमप्रभु, मेरो प्रार्थना स्वीकार गर्नुहोस्, यो जलिरहेको धूपको उपहार जस्तो होस् यो साँझको बेलाको बलिदान जस्तो होस्। हे परमप्रभु, मैले भनेका कुराहरूमा अधीन गर्न मलाई सहायता गनुहोस्। म के भन्छु त्यस विषयमा होशियारहुन सहायता गर्नुहोस्। मलाई नराम्रो कुरा गर्ने चाहना तर्फ नफर्काउनु होस्, दुष्ट मानिसहरूले अनुचित काम गर्छन्, मलाई तिनीहरूसित सामिल हुन देखि जोगाउनु होस्। मलाई ती कुराहरूमा सहभागी हुन देखि जोगाउनु होस, जुन कुरामा ती दुष्ट मानिसहरूले आनन्द लिइरहेका हुन्छन्। यदि एकजना धर्मी मानिसले मलाई पिटे देखि, म त्यसलाई दया सम्झने थिएँ। तपाईंका भक्तजनहरूले मलाई चेताउनी दिऊन्। तिनीहरूलाई त्यसो गर्न असल हुन्थ्यो। म ती कुराहरू स्वीकार गरौंला। तर म सधैँ ती दुष्ट मानिसहरूको विरोधमा नै प्रार्थना गर्नेछु। तिनीहरूका अधिकारीहरूलाई दण्ड होस् तब मैले सत्य बोलेको उनीहरूले बुझ्नेछन्। मानिसहरूले खन्दै र जोत्दै जमीन वरिपरि मैला थुपारे वा फिंजाए। यस्तै प्रकारले, हाम्रा हड्डीहरू तिनीहरूका चिहानमा वरिपरि फिंजिएर गए। हे परमप्रभु मेरो स्वामी, मैले तपाईंको सहायता खोजें म तपाईंमा भरोसा गर्छु मलाई मर्न नदिनु होस्। दुष्ट मानिसहरूले मेरो लागि पासो थापे। मलाई ती पासोहरूमा फस्न नदिनुहोस्। मलाई पासोमा पर्न नदिनुहोस्। ती दुष्ट मानिसहरू आफ्नै पासोमा आफैं फँसुन् ता कि म चाँहि त्यहाँबाट उम्कनसकुँ।

शेयर गर्नुहोस्
भजनसंग्रह 141 पढ्नुहोस्

भजनसंग्रह 141:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे परमप्रभु, म तपाईंलाई पुकार्दछु, तपाईं चाँड़ै आउनुहोस्‌। मैले तपाईंलाई पुकारा गर्दा मेरो आवाज सुनिदिनुहोस्‌। मेरो प्रार्थना तपाईंको सामुन्‍ने सुगन्‍धित धूपजस्‍तै होस्‌, र मैले आफ्‍ना हात उचाल्‍दा, त्‍यो बेलुकीको बलिजस्‍तै ठहरिओस्‌। हे परमप्रभु, मेरो मुखमा एउटा पाले राखिदिनुहोस्‌, मेरा ओठको ढोकाको रखवाली गरिदिनुहोस्‌। दुष्‍ट काम गर्ने मानिसहरूसित दुष्‍कर्ममा सहभागी हुन मेरो हृदय खराब कुरातिर नबरालिओस्‌, र मलाई तिनीहरूको स्‍वादिष्‍ठ भोजन खानु नपरोस्‌। धर्मी मानिसले मलाई हिर्काऊन्‌, त्‍यो त मेरो निम्‍ति दया हुनेछ। तिनले मलाई हप्‍काऊन्‌, त्‍यो मेरो शिरको निम्‍ति तेल हुनेछ। मेरो शिरले त्‍यो इन्‍कार गर्नेछैन। तापनि मेरो प्रार्थना सधैँ कुकर्मीहरूका विरुद्ध हुन्‍छ। तिनीहरूका शासकहरू पहाड़का भीरबाट तल खसालिनेछन्‌, र दुष्‍टहरूले मैले बोलेको वचन सत्‍य हो भन्‍ने बुझ्‍नेछन्‌। तिनीहरूले भन्‍नेछन्‌, “जसरी हलो जोत्‍नेले भूमि जोतेर फुटाउँदछ, त्‍यसरी नै हाम्रा हड्डीहरू चिहानको मुखमा छरिएका छन्‌।” हे परमप्रभु परमेश्‍वर, मेरा आँखा तपाईंतिरै रहन्‍छन्‌, तपाईंमा म शरण लिन्‍छु, मलाई मृत्‍युको मुखमा नफालिदिनुहोस्‌। तिनीहरूले मेरो निम्‍ति थापेका धरापबाट, दुष्‍ट काम गर्नेहरूले थापेका पासोहरूबाट मलाई बचाउनुहोस्‌। दुष्‍टहरू तिनीहरूका आफ्‍ना जालमा फसून्‌, जब मचाहिँ सुरक्षित निस्‍किआउँछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 141 पढ्नुहोस्

भजनसंग्रह 141:1-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे याहवेह, म तपाईंलाई पुकार्छु, तपाईं चाँडै मकहाँ आउनुहोस्; जब म तपाईंलाई पुकार्छु, मलाई सुनिदिनुहोस्! मेरो प्रार्थना तपाईंको सामु सुगन्धित धूपजस्तै होस्; र मैले आफ्ना हातहरू उचाल्दा, बेलुकीको त्यस बलिदानजस्तै ठहरिओस्! हे याहवेह, मेरो मुखमा एउटा पाले राखिदिनुहोस्; मेरा ओठहरूको ढोकामाथि रखवाली गरिदिनुहोस्! मेरो हृदय खराब कुरातिर आकर्षित नहोस्; ताकि अधर्मीहरूका दुष्कर्ममा म कुनै भाग नलिऊँ; साथै ती कुकर्मीहरूसित मिलेर मैले तिनीहरूको स्वादिष्‍ठ भोजन खान नपरोस्! धर्मी जनले मलाई हिर्काऊन्, त्यो त मेरो निम्ति दया हुनेछ; तिनले मलाई हप्काऊन्, त्योचाहिँ मेरो शिरको निम्ति तेल हुनेछ। मेरो शिरले त्यसलाई इन्कार गर्नेछैन; किनभने मेरो प्रार्थना सधैँ कुकर्मीहरूका कामको विरुद्ध हुन्छ। तिनीहरूका शासक भिरबाट तल खसालिनेछन्, र दुष्‍टहरूले जान्‍नेछन् कि, मेरा वचनहरू ठिक थिए। तिनीहरूले भन्‍नेछन्, “जसरी हलो जोत्नेले जमिन जोतेर फुटाउँछ, त्यसरी नै हाम्रा हाडहरू चिहानका मुखमा छरिएका छन्।” हे याहवेह प्रभु, मेरा आँखा तपाईंतिरै रहन्छन्; म तपाईंमा शरण लिन्छु; मेरो जीवन मृत्युलाई नदिनुहोस्! कुकर्मीहरूले मेरा निम्ति थापेको धरापबाट, तिनीहरूले थापेका पासोबाट मलाई रक्षा गर्नुहोस्! म सकुशल उम्कँदा, दुष्‍टहरूचाहिँ तिनीहरूका आफ्नै जालमा फसून्।

शेयर गर्नुहोस्
भजनसंग्रह 141 पढ्नुहोस्

भजनसंग्रह 141:1-10 पवित्र बाइबल (NERV)

हे परमप्रभु, मैले तपाईंलाई गुहार मागें। मेरो प्रार्थना सुनि दिनुहोस्। चाँडो आएर मलाई साथ दिनुहोस्। परमप्रभु, मेरो प्रार्थना स्वीकार गर्नुहोस्, यो जलिरहेको धूपको उपहार जस्तो होस् यो साँझको बेलाको बलिदान जस्तो होस्। हे परमप्रभु, मैले भनेका कुराहरूमा अधीन गर्न मलाई सहायता गनुहोस्। म के भन्छु त्यस विषयमा होशियारहुन सहायता गर्नुहोस्। मलाई नराम्रो कुरा गर्ने चाहना तर्फ नफर्काउनु होस्, दुष्ट मानिसहरूले अनुचित काम गर्छन्, मलाई तिनीहरूसित सामिल हुन देखि जोगाउनु होस्। मलाई ती कुराहरूमा सहभागी हुन देखि जोगाउनु होस, जुन कुरामा ती दुष्ट मानिसहरूले आनन्द लिइरहेका हुन्छन्। यदि एकजना धर्मी मानिसले मलाई पिटे देखि, म त्यसलाई दया सम्झने थिएँ। तपाईंका भक्तजनहरूले मलाई चेताउनी दिऊन्। तिनीहरूलाई त्यसो गर्न असल हुन्थ्यो। म ती कुराहरू स्वीकार गरौंला। तर म सधैँ ती दुष्ट मानिसहरूको विरोधमा नै प्रार्थना गर्नेछु। तिनीहरूका अधिकारीहरूलाई दण्ड होस् तब मैले सत्य बोलेको उनीहरूले बुझ्नेछन्। मानिसहरूले खन्दै र जोत्दै जमीन वरिपरि मैला थुपारे वा फिंजाए। यस्तै प्रकारले, हाम्रा हड्डीहरू तिनीहरूका चिहानमा वरिपरि फिंजिएर गए। हे परमप्रभु मेरो स्वामी, मैले तपाईंको सहायता खोजें म तपाईंमा भरोसा गर्छु मलाई मर्न नदिनु होस्। दुष्ट मानिसहरूले मेरो लागि पासो थापे। मलाई ती पासोहरूमा फस्न नदिनुहोस्। मलाई पासोमा पर्न नदिनुहोस्। ती दुष्ट मानिसहरू आफ्नै पासोमा आफैं फँसुन् ता कि म चाँहि त्यहाँबाट उम्कनसकुँ।

शेयर गर्नुहोस्
भजनसंग्रह 141 पढ्नुहोस्

भजनसंग्रह 141:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभु, म तपाईंलाई पुर्कादछु, मलाई अहिले सहायता गर्नुहोस्! मैले तपाईंलाई पुकार्दा मेरो बिन्‍ती सुन्‍नुहोस्। मेरा प्रार्थना धूपझैँ र मेरा उचालिएका हात साँझका बलिझैँ ग्रहण गर्नुहोस्। हे परमप्रभु, मेरो मुखमा पहरा खटाउनुहोस्। मेरो ओठको ढोकामा रखवाली गरिदिनुहोस्। मलाई दुष्‍ट काम गर्ने इच्‍छा गर्नदेखि र दुष्‍टहरूका दुष्‍टतामा साथ दिनदेखि बचाउनुहोस्; तिनीहरूका भोज-भतेरमा म कहिल्‍यै नबसूँ। असल मानिसले मलाई दण्‍ड देऊन् र दयाले हकारून्, तर दुष्‍ट मानिसबाट म आदर पनि कहिल्‍यै लिनेछैनँ किनभने तिनीहरूका दुष्‍ट कामका विरुद्धमा मैले सधैँ प्रार्थना गरिरहेको छु। तिनीहरूका शासकहरू चट्टानका पहाडदेखि फ्‍याँकिंदा मानिसहरूले मेरा कुरा साँचो रहेछ भनी मान्‍नेछन्। दाउरा चिरेर टुक्रा-टुक्रा पारेझैँ चिहानका किनारमा तिनका हड्डीहरू फ्‍याँकिएका छन्। तर म तपाईंमा भरोसा गरिरहन्‍छु, मेरा सार्वभौम परमप्रभु! म तपाईंको सुरक्षा चाहन्‍छु, मलाई मर्न नदिनुहोस्। तिनीहरूले थापेका धरापदेखि, ती दुष्‍ट काम गर्नेहरूले बिछाएका जालदेखि मेरो सुरक्षा गर्नुहोस्। दुष्‍टहरू आफूले थापेको पासोमा आफैं परून्, मचाहिँ कुशलसित उम्‍कन पाऊँ।

शेयर गर्नुहोस्
भजनसंग्रह 141 पढ्नुहोस्