YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 123:1-4

भजनसंग्रह 123:1-4 NCV

हे स्वर्गको सिंहासनमा विराजमान हुनुहुने परमेश्‍वर, मेरा आँखाहरू म तपाईंतिर उठाउँछु। जसरी सेवकहरूका आँखाले आफ्ना मालिकका हाततिर हेर्दछन्, जसरी सेविकाले आफ्नी मालिक्नीका हाततिर हेर्दछे, त्यसरी नै उहाँले हामीमाथि दया नगरुन्जेल, हाम्रा आँखाहरूले, याहवेह हाम्रा परमेश्‍वरतिर हेर्दछन्। हामीमाथि दया गर्नुहोस्, हे याहवेह, हामीमाथि दया गर्नुहोस्; किनकि हामीले अति नै अवहेलना सहेका छौँ। हामीले अहङ्कारीहरूबाट अति नै उपहास र घमण्डीहरूबाट अति नै अवहेलना सहेका छौँ।

भजनसंग्रह 123 पढ्नुहोस्