YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 123:1-4

भजनसंग्रह 123:1-4 सरल नेपाली

हे परमप्रभु! माथि स्‍वर्गमा, जहाँ तपाईंले राज्‍य गर्नुहुन्‍छ, त्‍यहाँ म तपाईंतिर आफ्‍ना आँखा उचाल्‍दछु। जसरी चाकर आफ्‍ना मालिकमाथि भर पर्दछ वा चाकर्नी आफ्‍नी मालिकनीमाथि भर पर्दछे, त्‍यसरी नै हे परमप्रभु हाम्रा परमेश्‍वर, तपाईंले हामीलाई कृपा देखाउञ्‍जेलसम्‍म हामी तपाईंलाई हेरिरहनेछौं। हामीमाथि कृपालु हुनुहोस्, हे परमप्रभु, कृपालु हुनुहोस्, हामीलाई अति नै हेला गरिएको छ। धेरै दिनदेखि हामीलाई धनीहरूले खिसी गरेका छन् र सताउने अहङ्कारीहरूले हेला गरेका छन्।

भजनसंग्रह 123 पढ्नुहोस्