YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 123:1-4

भजनसंग्रह 123:1-4 NNRV

हे स्‍वर्गको सिंहासनमा विराजमान हुनुहुने, तपाईंतिर म मेरा आँखा उचाल्‍छु। जसरी दासहरूका आँखा आफ्‍ना स्‍वामीको हाततिर हुन्‍छन्‌, जसरी दासीहरूका आँखा आफ्‍नी स्‍वामिनीको हाततिर रहन्‍छन्‌, त्‍यसरी नै जबसम्‍म उहाँले हामीमाथि कृपा गर्नुहुन्‍न, तबसम्‍म हाम्रा आँखा परमप्रभु हाम्रा परमेश्‍वरतिर रहन्‍छन्‌। हामीमाथि कृपा गर्नुहोस्‌, हे परमप्रभु, हामीमाथि कृपा गर्नुहोस्‌, किनकि हामीले ज्‍यादै हेलचेक्र्याइँ सहेका छौं। अभिमानीहरूबाट उपहास र अहङ्कारीहरूबाट ज्‍यादै हेलचेक्र्याइँ सहेका छौं।