तिनीहरू धन्यका हुन्, जो निर्दोष जीवन जिउँछन्, जो याहवेहका व्यवस्थाअनुसार हिँड्छन्। तिनीहरू धन्यका हुन्, जसले उहाँका कानुनहरू पालन गर्दछन्, र आफ्ना सारा हृदयले उहाँलाई खोज्दछन्। तिनीहरूले केही खराबी गर्दैनन्; तर उहाँका मार्गलाई पछ्याउँछन्। तपाईंका विधिहरू होशियारपूर्वक पालन गरौँ भनी तपाईंले हामीलाई आज्ञा दिनुभयो। अहो, तपाईंका उर्दीहरू पालन गर्नलाई, मेरा मार्गहरू दृढ भइदिए कति असल हुनेथियो! तब तपाईंका सम्पूर्ण आज्ञाहरू पालन गरेर म शर्ममा पर्नेथिइनँ। जब म तपाईंका धार्मिक नियमहरू सिक्दछु, तब म साँचो हृदयले तपाईंको प्रशंसा गर्नेछु। म तपाईंका उर्दीहरू पालन गर्नेछु; मलाई कहिल्यै नत्याग्नुहोस्! जवान मानिसले आफ्नो चालचलन कसरी पवित्र राख्न सक्छ? तपाईंको वचनअनुसार जीवन बिताएर नै हो। मेरो सारा हृदयले तपाईंलाई खोज्दछु; तपाईंका आज्ञाहरूबाट मलाई तर्केर जान नदिनुहोस्!
भजनसंग्रह 119 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 119:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू