शुद्ध जीवन जिउने मानिसहरू खुशी हुन्छन्। ती मानिसहरूले परमप्रभुको उपदेशहरू पछ्याउँदछ। परमप्रभुको करार जसले पालन गर्छ ती मानिसहरू सुखी हुन्छन्। तिनीहरूले परमप्रभुलाई आफ्ना सम्पूर्ण हृदयबाटै खोज्दछन्। ती मानिसहरूले अनुचित कामहरू गर्दैनन्, तिनीहरूले परमप्रभुको आज्ञा पालन गर्दछन्। परमप्रभु, तपाईंले आफ्ना आज्ञाहरू हामीलाई दिनु भयो अनि ती आज्ञाहरू पूर्ण हृदयले पालन गर्नु भनेर बताउनु भयो। परमप्रभु, यदि सधैँ तपाईंको विधिहरू पालन गरें भने, तब म कहिल्यै पनि लज्जित हुने छैन जब म तपाईंको आज्ञाहरू पालन गर्छु। जस्तो म तपाईंको न्याय र सद्गुणको अध्ययन गर्छु म साँच्चो रूपमा तपाईंको सम्मान गर्नेछु। परमप्रभु, म तपाईंका आज्ञाहरू पालन गर्नेछु, कृपया मलाई नत्याग्नु होस्! तपाईंको विधिहरू अपनाएर कसरी एउटा युवा मानिस साँच्चो जीवन जिउन सक्छ? म सम्पूर्ण हृदयबाट परमेश्वरको सेवा गर्ने कोशिश गर्दछु। परमेश्वर, तपाईंका आदेशहरू पालन गर्नलाई मलाई साथ दिनुहोस्।
भजनसंग्रह 119 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 119:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू