YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:1-10

भजनसंग्रह 119:1-10 सरल नेपाली

निर्दोष जीवन बिताउनेहरू, जसले परमप्रभुको व्‍यवस्‍थाअनुसार आफ्‍नो जीवन बिताउँदछन्, तिनीहरू खुसी रहन्‍छन्। उहाँका आज्ञाअनुसार हिँड्‍नेहरू खुसी रहन्‍छन्, जसले आफ्‍ना पूरा हृदयले उहाँको आज्ञापालन गर्दछन्। तिनीहरूले कहिल्‍यै गल्‍ती गर्दैनन्, तिनीहरू परमप्रभुका मार्गमा हिँड्दछन्। परमप्रभु, तपाईंले हामीलाई आफ्‍ना व्‍यवस्‍था दिनुभएको छ, र तिनलाई विश्‍वासयोग्‍यतासाथ मान्‍न आज्ञा गर्नुभएको छ। तपाईंका शिक्षाहरू विश्‍वासयोग्‍यतासाथ पालन गर्न सकूँला भन्‍ने मेरो ठूलो आशा छ। तपाईंका सबै आज्ञाहरूमा मैले ध्‍यान दिएँ भने मलाई लाज हुनेछैन। तपाईंका उचित धार्मिक न्‍यायको विषयमा मैले सिक्‍दा म तपाईंलाई चोखो हृदयले प्रशंसा गर्नेछु। म तपाईंका व्‍यवस्‍थाहरू मान्‍नेछु; मलाई कहिल्‍यै नत्‍याग्‍नुहोस्! युवाहरूले आफ्‍नो जीवन कसरी पवित्र राख्‍न सक्‍छन्‌? तपाईंका आज्ञाहरू मानेर नै। मेरा सारा हृदयले म तपाईंको सेवा गर्ने कोसिस गर्दछु, मलाई तपाईंका आज्ञाहरू उल्लङ्‌घन गर्नदेखि बचाउनुहोस्।

भजनसंग्रह 119 पढ्नुहोस्