धेरै पटक उहाँले तिनीहरूलाई छुटाउनुभयो, तर तिनीहरूले विद्रोह नै गर्न रुचाए, र तिनीहरू आफ्ना पापका कारण पतन हुँदैगए। तापनि उहाँले तिनीहरूको पुकार सुन्नुभयो, र तिनीहरूका कष्टमा टिठ्याउनुभयो; तिनीहरूको खातिर उहाँले आफ्नो करार स्मरण गर्नुभयो, र आफ्नो अचुक प्रेममा दयालु हुनुभयो। तिनीहरूलाई कैद गर्नेहरू सबैलाई तिनीहरूप्रति दया देखाउने बनाउनुभयो। हे याहवेह हाम्रा परमेश्वर, हामीलाई बचाउनुहोस्, र जाति-जातिहरूबाट हामीलाई एकत्र गर्नुहोस्! ताकि हामी तपाईंको पवित्र नाममा धन्यवाद चढाउन सकौँ, र तपाईंको प्रशंसा गर्दै महिमा दिन सकौँ! याहवेह इस्राएलका परमेश्वरको प्रशंसा, अनादिदेखि अनन्तसम्मै भइरहोस्!
भजनसंग्रह 106 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 106:43-48
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू