भजनसंग्रह 106:43-48 - Compare All Versions

भजनसंग्रह 106:43-48 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

धेरै चोटि उहाँले तिनीहरूलाई छुटाउनुभयो, तर तिनीहरू आफ्‍नै विद्रोहपूर्ण युक्तिमा चल्‍दैगए, र तिनीहरू आफ्‍नै अधर्मले पतन हुँदैगए। तर उहाँले तिनीहरूको दुहाई सुनेर तिनीहरूको सङ्कष्‍टमा नजर फिराउनुभयो। तिनीहरूका खातिर आफ्‍नो करार उहाँले स्‍मरण गर्नुभयो, र आफ्‍नो प्रशस्‍त करुणाअनुसार दयालु हुनुभयो। तिनीहरूलाई कैद गर्नेहरू सबैका नजरमा तिनीहरूलाई दयाको पात्र बनाउनुभयो। हे परमप्रभु हाम्रा परमेश्‍वर, हामीलाई बचाउनुहोस्‌। तपाईंको पवित्र नाउँमा धन्‍यवाद चढ़ाऊन्‌, र तपाईंको प्रशंसामा गौरव गरून्‌ भनेर, हामीहरूलाई जातिहरूका बीचबाट एकत्र गर्नुहोस्‌। परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा अनादिदेखि अनन्‍तसम्‍मै भइरहोस्‌। र सबै मानिसहरूले भनून्‌, “आमेन।” परमप्रभुको प्रशंसा गर।

शेयर गर्नुहोस्
भजनसंग्रह 106 NNRV

भजनसंग्रह 106:43-48 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

धेरै पटक उहाँले तिनीहरूलाई छुटाउनुभयो, तर तिनीहरूले विद्रोह नै गर्न रुचाए, र तिनीहरू आफ्ना पापका कारण पतन हुँदैगए। तापनि उहाँले तिनीहरूको पुकार सुन्‍नुभयो, र तिनीहरूका कष्‍टमा टिठ्याउनुभयो; तिनीहरूको खातिर उहाँले आफ्नो करार स्मरण गर्नुभयो, र आफ्नो अचुक प्रेममा दयालु हुनुभयो। तिनीहरूलाई कैद गर्नेहरू सबैलाई तिनीहरूप्रति दया देखाउने बनाउनुभयो। हे याहवेह हाम्रा परमेश्‍वर, हामीलाई बचाउनुहोस्, र जाति-जातिहरूबाट हामीलाई एकत्र गर्नुहोस्! ताकि हामी तपाईंको पवित्र नाममा धन्यवाद चढाउन सकौँ, र तपाईंको प्रशंसा गर्दै महिमा दिन सकौँ! याहवेह इस्राएलका परमेश्‍वरको प्रशंसा, अनादिदेखि अनन्तसम्मै भइरहोस्!

शेयर गर्नुहोस्
भजनसंग्रह 106 NCV

भजनसंग्रह 106:43-48 NERV (पवित्र बाइबल)

परमेश्वरले आफ्ना मानिसहरूलाई धेरै पल्ट बँचाइदिनु भयो। तर तिनीहरू उहाँकै विरूद्ध उठे अनि आफ्ना इच्छा अनुसार काम गरे। तिनीहरूले धेरै भन्दा धेरै अनुचित कामहरू गरे। तर जब-जब परमेश्वरका मानिसहरूमा सङ्कट आई पर्यो, तिनीहरूले परमेश्वरलाई सहायता माग्दथे, अनि उहाँले प्रत्येक पल्ट तिनीहरूको प्रार्थना सुनीदिनु हुन्थ्यो। परमेश्वरले आफ्ना करार सधैँ याद गर्नुहुन्थ्यो र तिनीहरूलाई स-प्रेम सान्त्वना दिनु हुन्थ्यो। अन्य जातिहरूले तिनीहरूलाई कैदीहरू जस्तो लगे तब परमेश्वरले तिनीहरू प्रति टिठाउने बनाई दिनुभयो। हे परमप्रभु, हाम्रा परमेश्वर, हाम्रो उद्धार गर्नुहोस्। परमेश्वरले ती राष्ट्रहरूबाट फर्काई हामीलाई ल्याउनु भयो। यसकारण हामीले उहाँको पवित्र नाउँको गुण-गान गर्न सक्यौं। यसकारण हामीले उहाँ प्रति गुण-गान गर्न सक्यौ। इस्राएल का परमप्रभु परमेश्वरको प्रशंसा गरौं। परमेश्वर सधै रहनु हुन्छ, उहाँ सधै नै रहनुहुने छ। अनि सारा मानिसहरूले भने, “आमेन!”

शेयर गर्नुहोस्
भजनसंग्रह 106 NERV

भजनसंग्रह 106:43-48 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

धेरै चोटि परमप्रभुले आफ्‍ना प्रजाको उद्धार गर्नुभयो, तर तिनीहरूले उहाँप्रति विद्रोह गर्न नै रोजे र पापमा गहिरोसित डुबिगए। तरै पनि जब तिनीहरूले पुकारे, परमप्रभुले सुन्‍नुभयो र तिनीहरूका दु:ख-कष्‍टलाई हेर्नुभयो। तिनीहरूको खातिर उहाँले आफ्‍ना करार याद गर्नुभयो र आफ्‍ना महान् प्रेमको कारणले तिनीहरूप्रति कोमल हुनुभयो। तिनीहरूलाई सताउनेहरू सबैलाई उहाँले तिनीहरूलाई टिठ्याउने तुल्‍याउनुभयो। हे परमप्रभु, हाम्रा परमेश्‍वर, हामीलाई बचाउनुहोस् र जाति-जातिका बीचबाट हामीलाई फर्काई ल्‍याउनुहोस्, तब हामी धन्‍यवादी हुनेछौं र तपाईंको पवित्र नामको प्रशंसा गर्नेछौं। परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा गर, अहिले र सदासर्वदा उहाँको प्रशंसा गर। प्रत्‍येकले भनोस्, “आमेन।”

शेयर गर्नुहोस्
भजनसंग्रह 106 सरल नेपाली