YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 103:13-18

भजनसंग्रह 103:13-18 NCV

जसरी बुबाले आफ्ना छोराछोरीहरूलाई टिठ्याउँछन्, त्यसरी नै याहवेहले उहाँको भय मान्‍नेहरूलाई टिठ्याउनुभएको छ; किनकि उहाँले हाम्रो बनावट जान्‍नुहुन्छ, हामी धुलो मात्र हौँ भनी उहाँ सम्झनुहुन्छ। मानिसको आयु घाँसजस्तो छ, मैदानका फूलझैँ त्यो ढकमक्‍क फुल्दछ; अनि बतास त्यस फूलमाथि भएर जाँदा त्यो विलाएर जान्छ; र त्यसको ठाउँले पनि त्यसको याद गर्दैन। तर याहवेहको अचुक प्रेम, उहाँको भय मान्‍नेहरूमाथि अनन्तदेखि अनन्तसम्म रहिरहन्छ र उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूका सन्तानहरूमाथि रहन्छ— तिनीहरूमाथि जस-जसले उहाँको करार पालन गर्दछन्, र उहाँका विधिहरू स्मरण गरेर त्यसअनुसार चल्दछन्।

भजनसंग्रह 103 पढ्नुहोस्