भजनसंग्रह 103:13-18
भजनसंग्रह 103:13-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एउटा बुबा आफ्ना छोरा-छोरीहरूसँग जति दयालु हुन्छ, आफ्ना आदर गर्नेहरूसँग परमप्रभु त्यति नै दयालु हुनुहुन्छ। हामी केले बनिएका छौं, उहाँले जान्नुहुन्छ, हामी माटो मात्र हौं भनी उहाँलाई याद छ। हाम्रो बारेमा चाहिँ: हाम्रो जीवन घाँसजस्तै छ, जङ्गली फूलझैँ हामी फुल्दछौं र बढ्छौं; तब हावा त्योमाथि बहन्छ र त्यो उडि जाँदछ र त्यसलाई फेरि कसैले देख्दैनन्। तर परमप्रभुलाई आदर गर्नेहरूको लागि चाहिँ उहाँको प्रेम सदाकालको निम्ति रहनेछ। उहाँको करार साँचो प्रकारले मान्नेहरूमाथि र उहाँका आज्ञा विश्वासयोग्यसाथ पालन गर्नेहरूमाथि तिनीहरूका पुस्ता-पुस्तासम्म उहाँको भलाइ रहिरहनेछ।
भजनसंग्रह 103:13-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसरी बुबाले आफ्ना छोराछोरीहरूलाई टिठ्याउँछन्, त्यसरी नै उहाँका भय मान्नेहरूलाई परमप्रभुले टिठ्याउनुहुन्छ। किनभने उहाँ जान्नुहुन्छ, हाम्रो सृष्टि कसरी भएको हो, हामी धूलो मात्र हौं भनी उहाँ सम्झनुहुन्छ। मानिसको आयु त घाँसको आयुजत्तिकै छ, मैदानको फूलझैँ त्यो ढकमक्क फुल्दछ, अनि बतास त्यस फूलमाथि भएर जान्छ, र त्यो विलीन हुन्छ, र त्यसको ठाउँले पनि त्यसको याद गर्दैन। तर परमप्रभुको करुणा आफ्ना भक्तहरूमाथि र उहाँको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्तदेखि अनन्तसम्म रहन्छ— तिनीहरूमाथि ज-जसले उहाँको करार पालन गर्दछन्, र उहाँका आदेशहरू पालन गर्न ख्याल गर्छन्।
भजनसंग्रह 103:13-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसरी बुबाले आफ्ना छोराछोरीहरूलाई टिठ्याउँछन्, त्यसरी नै याहवेहले उहाँको भय मान्नेहरूलाई टिठ्याउनुभएको छ; किनकि उहाँले हाम्रो बनावट जान्नुहुन्छ, हामी धुलो मात्र हौँ भनी उहाँ सम्झनुहुन्छ। मानिसको आयु घाँसजस्तो छ, मैदानका फूलझैँ त्यो ढकमक्क फुल्दछ; अनि बतास त्यस फूलमाथि भएर जाँदा त्यो विलाएर जान्छ; र त्यसको ठाउँले पनि त्यसको याद गर्दैन। तर याहवेहको अचुक प्रेम, उहाँको भय मान्नेहरूमाथि अनन्तदेखि अनन्तसम्म रहिरहन्छ र उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूका सन्तानहरूमाथि रहन्छ— तिनीहरूमाथि जस-जसले उहाँको करार पालन गर्दछन्, र उहाँका विधिहरू स्मरण गरेर त्यसअनुसार चल्दछन्।
भजनसंग्रह 103:13-18 पवित्र बाइबल (NERV)
परमप्रभु आफ्ना भक्तजनहरूसँग त्यस्तो स्नेही हुनुहुन्छ, जसरी एक पिता आफ्ना छोरा-छोरीहरूसँग हुन्छ। परमेश्वरले हाम्रो बारेमा सबै कुराहरू जान्नुहुन्छ, हामी धूलाका कणहरूबाट बनिएका हौं भनेर परमेश्वर जान्नुहुन्छ। हाम्रो जीवन छोटो छ भनेर उहाँले जान्नुहुन्छ। हाम्रो जीवन घाँस जस्तै हो भन्ने कुरा पनि जान्नुहुन्छ। परमेश्वर जान्नुहुन्छ हामीहरू जङ्गली फूलहरू जस्तै हौं। जुन फूलहरू छिट्टै हुर्किन्छन्,। त्यसपछि तातो बतासको झोका आएर मर्छन। झट्टै तिमी भन्न सक्दैनौ कि फूल कहाँ फुलिरहेथ्यो। तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैँ माया गर्नुभयो अनि उहाँले आफ्ना भक्तजनहरूलाई अनवरत प्रेम गर्नुहुन्छ। परमेश्वरको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्तदेखि अनन्तसम्म रहन्छ। परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ, जसले उहाँको करार पालन गर्छ। परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ, जसले उहाँको आदेश पालन गर्छन्।