YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 103:13-18

भजनसंग्रह 103:13-18 सरल नेपाली

एउटा बुबा आफ्‍ना छोरा-छोरीहरूसँग जति दयालु हुन्‍छ, आफ्‍ना आदर गर्नेहरूसँग परमप्रभु त्‍यति नै दयालु हुनुहुन्‍छ। हामी केले बनिएका छौं, उहाँले जान्‍नुहुन्‍छ, हामी माटो मात्र हौं भनी उहाँलाई याद छ। हाम्रो बारेमा चाहिँ: हाम्रो जीवन घाँसजस्‍तै छ, जङ्गली फूलझैँ हामी फुल्‍दछौं र बढ्छौं; तब हावा त्‍योमाथि बहन्‍छ र त्‍यो उडि जाँदछ र त्‍यसलाई फेरि कसैले देख्‍दैनन्। तर परमप्रभुलाई आदर गर्नेहरूको लागि चाहिँ उहाँको प्रेम सदाकालको निम्‍ति रहनेछ। उहाँको करार साँचो प्रकारले मान्‍नेहरूमाथि र उहाँका आज्ञा विश्‍वासयोग्‍यसाथ पालन गर्नेहरूमाथि तिनीहरूका पुस्‍ता-पुस्‍तासम्‍म उहाँको भलाइ रहिरहनेछ।

भजनसंग्रह 103 पढ्नुहोस्