YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 102:18-28

भजनसंग्रह 102:18-28 NCV

यी कुरा भावी पुस्ताको निम्ति लेखियोस्: ताकि अहिलेसम्म सृष्‍टि नगरिएका मानिसहरूले समेत याहवेहको प्रशंसा गरून्: यसरी उहाँले कैदीहरूका क्रन्दन सुन्‍न, र मृत्युदण्ड पाएकाहरूलाई मुक्त गर्न, उच्‍च स्थानमा रहेको आफ्नो पवित्रस्थानबाट हेर्नुभयो; स्वर्गबाट तल पृथ्वीमाथि दृष्‍टि गर्नुभयो। त्यस बेला, जब याहवेहको आराधना गर्नलाई जाति-जातिहरू र राज्यहरू एकत्रित हुनेछन्। यसकारण सियोनमा याहवेहको नामको र यरूशलेममा उहाँको प्रशंसा घोषणा गरिनेछ। मेरो जीवनकालमा, उहाँले मेरो बल तोडिदिनुभयो; र मेरा दिनहरू घटाइदिनुभयो। त्यसैले मैले भनेँ: “हे मेरा परमेश्‍वर, मेरो आधा उमेरमा नै मलाई उठाइ नलैजानुहोस्; तपाईंका वर्षहरू त पुस्तौँ-पुस्तासम्म रहिरहन्छन्। सुरुमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो; र स्वर्ग तपाईंकै हातका काम हुन्। तिनीहरू नाश भएर जानेछन्, तर तपाईंचाहिँ रहिरहनुहुन्छ; तिनीहरू कपडाझैँ सबै फाटेर जानेछन्। लुगा फेरेझैँ तपाईंले तिनलाई फेर्नुहुनेछ, र ती फालिनेछन्। तर तपाईंचाहिँ एकनास रहनुहुन्छ, तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुनेछैन। तपाईंका सेवकहरूका सन्तान तपाईंको उपस्थितिमा बास गर्नेछन्; तिनीहरूका सन्तान तपाईंको सामु स्थिर रहनेछन्।”

भजनसंग्रह 102 पढ्नुहोस्