भजनसंग्रह 102:18-28
भजनसंग्रह 102:18-28 पवित्र बाइबल (NERV)
यी कुराहरू आउने भविष्यका सन्तानहरूको निम्ति लेख अनि भविष्यमा, ती मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन्। परमप्रभुले आफ्ना पवित्र स्थानबाट तलतिर हेर्नुहुनेछ। परमप्रभुले स्वर्गबाट तल पृथ्वीमा हेर्नुहुनेछ। अनि उहाँले कैदीहरूका प्रार्थनाहरू सुन्नुहुनेछ। उहाँले मृत्यु घोषित भइसकेका मानिसहरूलाई मुक्ति दिलाई दिनुहुनेछ। तब सियोनका मानिसहरूले परमप्रभुको बारेमा भन्नेछन्। तिनीहरूले उहाँको नाउँलाई यरूशलेममा प्रशंसा गर्नेछन्। जातिहरू परस्परमा भेला हुनेछन्। राज्यहरू परमप्रभुको सेवा गर्नलाई आउने छन्। मेरो बलले मलाई नै असफल तुल्यायो। मेरो जीवन छोटो भएर घट्यो। यसकारण मैले भने, “मलाई ठिटौली बेलामा नै मर्न नदिनुहोस्। परमेश्वर तपाईं सदा-सर्वदा बाँच्नु हुनेछ। धेरै बर्ष पहिले, तपाईंले यो संसार बनाउनु भयो। तपाईंले आफ्नै हातद्वारा यो आकाश बनाउनु भयो। संसार र यो आकाश समाप्त होला तर तपाईं सर्वदा रहनु हुनेछ। तिनीहरूले लुगाहरू खोले जस्तै गर्नेछन्, अनि लुगाहरू जस्तै, तपाईं तिनीहरूलाई परिवर्तन गर्नुहुनेछ। तिनीहरू सबै परिवर्तन हुनेछन्। तर तपाईं परमेश्वर, कहिल्यै बद्लिनु हुन्न। तपाईं सदा-सर्वदा जीवित रहनु हुन्छ। हामी आज तपाईंका दासहरू हौं। हाम्रा नानीहरू यहाँ छन्। अनि तिनीहरूका सन्तानहरू पनि यहाँ तपाईंको उपासना गर्नेहरू हुनेछन्।”
भजनसंग्रह 102:18-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अहिलेसम्म सृष्टि नगरिएका मानिसहरूले, परमप्रभुको प्रशंसा गरून् भनेर यो कुरा भावी पुस्ताको निम्ति लेखिओस्: “परमप्रभुले उच्च स्थानमा रहेको आफ्नो पवित्रस्थानबाट, स्वर्गबाट तल पृथ्वीमाथि दृष्टिपात गर्नुभयो, यसरी कैदीहरूका आर्तनाद उहाँले सुन्न सकून्, र मृत्युदण्ड पाएकाहरूलाई मुक्त गर्न सकून्।” यसरी सियोनमा परमप्रभुका नाउँको वर्णन गरिनेछ, र यरूशलेममा उहाँको प्रशंसा गरिनेछ, जब परमप्रभुको आराधना गर्नलाई मानिसहरू र राज्यहरू एकत्रित हुनेछन्। उहाँले मेरो जीवन-यात्रामै मेरो ताकत तोडिदिनुभयो, र मेरो आयु घटाइदिनुभयो। यसैले मैले भनें, “हे मेरा परमेश्वर, मलाई अल्प आयुमा नै नलैजानुहोस्। तपाईंका वर्षहरू त पुस्तौँसम्म रहन्छन्। आदिकालमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो, र स्वर्ग तपाईंकै बाहुलीको कृति हो। तिनीहरू नष्ट हुनेछन्, तर तपाईं रहिरहनुहुन्छ, तिनीहरू सबै वस्त्रझैँ थोत्रा भइजानेछन्। लुगा फेरेझैँ तपाईंले तिनीहरूलाई फेर्नुहुनेछ, र ती फालिनेछन्! तर तपाईं त एकैनासका हुनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य नै हुँदैन। तपाईंका सेवकहरूका सन्तान तपाईंको सम्मुख वास गर्नेछन्, र तिनका सन्तान तपाईंको सामुन्ने स्थिर रहनेछन्।”
भजनसंग्रह 102:18-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यी कुरा भावी पुस्ताको निम्ति लेखियोस्: ताकि अहिलेसम्म सृष्टि नगरिएका मानिसहरूले समेत याहवेहको प्रशंसा गरून्: यसरी उहाँले कैदीहरूका क्रन्दन सुन्न, र मृत्युदण्ड पाएकाहरूलाई मुक्त गर्न, उच्च स्थानमा रहेको आफ्नो पवित्रस्थानबाट हेर्नुभयो; स्वर्गबाट तल पृथ्वीमाथि दृष्टि गर्नुभयो। त्यस बेला, जब याहवेहको आराधना गर्नलाई जाति-जातिहरू र राज्यहरू एकत्रित हुनेछन्। यसकारण सियोनमा याहवेहको नामको र यरूशलेममा उहाँको प्रशंसा घोषणा गरिनेछ। मेरो जीवनकालमा, उहाँले मेरो बल तोडिदिनुभयो; र मेरा दिनहरू घटाइदिनुभयो। त्यसैले मैले भनेँ: “हे मेरा परमेश्वर, मेरो आधा उमेरमा नै मलाई उठाइ नलैजानुहोस्; तपाईंका वर्षहरू त पुस्तौँ-पुस्तासम्म रहिरहन्छन्। सुरुमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो; र स्वर्ग तपाईंकै हातका काम हुन्। तिनीहरू नाश भएर जानेछन्, तर तपाईंचाहिँ रहिरहनुहुन्छ; तिनीहरू कपडाझैँ सबै फाटेर जानेछन्। लुगा फेरेझैँ तपाईंले तिनलाई फेर्नुहुनेछ, र ती फालिनेछन्। तर तपाईंचाहिँ एकनास रहनुहुन्छ, तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुनेछैन। तपाईंका सेवकहरूका सन्तान तपाईंको उपस्थितिमा बास गर्नेछन्; तिनीहरूका सन्तान तपाईंको सामु स्थिर रहनेछन्।”
भजनसंग्रह 102:18-28 पवित्र बाइबल (NERV)
यी कुराहरू आउने भविष्यका सन्तानहरूको निम्ति लेख अनि भविष्यमा, ती मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन्। परमप्रभुले आफ्ना पवित्र स्थानबाट तलतिर हेर्नुहुनेछ। परमप्रभुले स्वर्गबाट तल पृथ्वीमा हेर्नुहुनेछ। अनि उहाँले कैदीहरूका प्रार्थनाहरू सुन्नुहुनेछ। उहाँले मृत्यु घोषित भइसकेका मानिसहरूलाई मुक्ति दिलाई दिनुहुनेछ। तब सियोनका मानिसहरूले परमप्रभुको बारेमा भन्नेछन्। तिनीहरूले उहाँको नाउँलाई यरूशलेममा प्रशंसा गर्नेछन्। जातिहरू परस्परमा भेला हुनेछन्। राज्यहरू परमप्रभुको सेवा गर्नलाई आउने छन्। मेरो बलले मलाई नै असफल तुल्यायो। मेरो जीवन छोटो भएर घट्यो। यसकारण मैले भने, “मलाई ठिटौली बेलामा नै मर्न नदिनुहोस्। परमेश्वर तपाईं सदा-सर्वदा बाँच्नु हुनेछ। धेरै बर्ष पहिले, तपाईंले यो संसार बनाउनु भयो। तपाईंले आफ्नै हातद्वारा यो आकाश बनाउनु भयो। संसार र यो आकाश समाप्त होला तर तपाईं सर्वदा रहनु हुनेछ। तिनीहरूले लुगाहरू खोले जस्तै गर्नेछन्, अनि लुगाहरू जस्तै, तपाईं तिनीहरूलाई परिवर्तन गर्नुहुनेछ। तिनीहरू सबै परिवर्तन हुनेछन्। तर तपाईं परमेश्वर, कहिल्यै बद्लिनु हुन्न। तपाईं सदा-सर्वदा जीवित रहनु हुन्छ। हामी आज तपाईंका दासहरू हौं। हाम्रा नानीहरू यहाँ छन्। अनि तिनीहरूका सन्तानहरू पनि यहाँ तपाईंको उपासना गर्नेहरू हुनेछन्।”
भजनसंग्रह 102:18-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आउने पुस्ताको लागि परमेश्वरले के काम गर्नुभएको छ, लेखिराख र आजसम्म नजन्मेका मानिसहरूले उहाँको प्रशंसा गर्नेछन्। अग्लोमा रहेको आफ्नो पवित्रस्थानबाट परमप्रभुले उँधो हेर्नुभयो, उहाँले स्वर्गबाट पृथ्वी हेर्नुभयो। उहाँले कैदीहरूका दु:खको पुकार सुन्नुभयो र प्राण दण्ड पाएकाहरूलाई छुटकारा दिनुभयो। सियोनमा परमप्रभुको नाम उच्च स्वरमा सुनाइनेछ, र यरूशलेममा उहाँको प्रशंसा हुनेछ। त्यति बेला जाति र राज्यहरू एक भएर आउनेछन् र परमप्रभुलाई पुज्नेछन्। म युवा छँदा उहाँले मलाई कमजोर बनाउनुभएको छ, उहाँले मेरो आयु छोटो गर्नुभएको छ। हे मेरा परमेश्वर, म बुढो हुनुभन्दा अघि, अहिले नै मलाई नउठाउनुहोस्। तपाईं सदासर्वदा बाँचिरहनुहुनेछ। सुरुमा तपाईंले पृथ्वी सृजनुभयो, आफ्नै हातले आकाश बनाउनुभयो। तिनीहरू हराइजानेछन्, तर तपाईं रहिरहनुहुनेछ, तिनीहरू लुगा-फाटाजस्तै फाटिजानेछन्। कपडा फालेझैँ तपाईंले फाल्नुहुनेछ र तिनीहरू हराउनेछन्। तर तपाईं सदासर्वदा एकनास हुनुहुन्छ। तपाईंको जीवनको अन्त छैन। हाम्रा छोरा-छोरीहरू कुशलका साथ बाँच्नेछन् र तपाईंको सुरक्षामा तिनका सन्तानहरू निर्धक्क रहनेछन्।