यी कुराहरू आउने भविष्यका सन्तानहरूको निम्ति लेख अनि भविष्यमा, ती मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन्। परमप्रभुले आफ्ना पवित्र स्थानबाट तलतिर हेर्नुहुनेछ। परमप्रभुले स्वर्गबाट तल पृथ्वीमा हेर्नुहुनेछ। अनि उहाँले कैदीहरूका प्रार्थनाहरू सुन्नुहुनेछ। उहाँले मृत्यु घोषित भइसकेका मानिसहरूलाई मुक्ति दिलाई दिनुहुनेछ। तब सियोनका मानिसहरूले परमप्रभुको बारेमा भन्नेछन्। तिनीहरूले उहाँको नाउँलाई यरूशलेममा प्रशंसा गर्नेछन्। जातिहरू परस्परमा भेला हुनेछन्। राज्यहरू परमप्रभुको सेवा गर्नलाई आउने छन्। मेरो बलले मलाई नै असफल तुल्यायो। मेरो जीवन छोटो भएर घट्यो। यसकारण मैले भने, “मलाई ठिटौली बेलामा नै मर्न नदिनुहोस्। परमेश्वर तपाईं सदा-सर्वदा बाँच्नु हुनेछ। धेरै बर्ष पहिले, तपाईंले यो संसार बनाउनु भयो। तपाईंले आफ्नै हातद्वारा यो आकाश बनाउनु भयो। संसार र यो आकाश समाप्त होला तर तपाईं सर्वदा रहनु हुनेछ। तिनीहरूले लुगाहरू खोले जस्तै गर्नेछन्, अनि लुगाहरू जस्तै, तपाईं तिनीहरूलाई परिवर्तन गर्नुहुनेछ। तिनीहरू सबै परिवर्तन हुनेछन्। तर तपाईं परमेश्वर, कहिल्यै बद्लिनु हुन्न। तपाईं सदा-सर्वदा जीवित रहनु हुन्छ। हामी आज तपाईंका दासहरू हौं। हाम्रा नानीहरू यहाँ छन्। अनि तिनीहरूका सन्तानहरू पनि यहाँ तपाईंको उपासना गर्नेहरू हुनेछन्।”
भजनसंग्रह 102 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 102:18-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू