आउने पुस्ताको लागि परमेश्वरले के काम गर्नुभएको छ, लेखिराख र आजसम्म नजन्मेका मानिसहरूले उहाँको प्रशंसा गर्नेछन्। अग्लोमा रहेको आफ्नो पवित्रस्थानबाट परमप्रभुले उँधो हेर्नुभयो, उहाँले स्वर्गबाट पृथ्वी हेर्नुभयो। उहाँले कैदीहरूका दु:खको पुकार सुन्नुभयो र प्राण दण्ड पाएकाहरूलाई छुटकारा दिनुभयो। सियोनमा परमप्रभुको नाम उच्च स्वरमा सुनाइनेछ, र यरूशलेममा उहाँको प्रशंसा हुनेछ। त्यति बेला जाति र राज्यहरू एक भएर आउनेछन् र परमप्रभुलाई पुज्नेछन्। म युवा छँदा उहाँले मलाई कमजोर बनाउनुभएको छ, उहाँले मेरो आयु छोटो गर्नुभएको छ। हे मेरा परमेश्वर, म बुढो हुनुभन्दा अघि, अहिले नै मलाई नउठाउनुहोस्। तपाईं सदासर्वदा बाँचिरहनुहुनेछ। सुरुमा तपाईंले पृथ्वी सृजनुभयो, आफ्नै हातले आकाश बनाउनुभयो। तिनीहरू हराइजानेछन्, तर तपाईं रहिरहनुहुनेछ, तिनीहरू लुगा-फाटाजस्तै फाटिजानेछन्। कपडा फालेझैँ तपाईंले फाल्नुहुनेछ र तिनीहरू हराउनेछन्। तर तपाईं सदासर्वदा एकनास हुनुहुन्छ। तपाईंको जीवनको अन्त छैन। हाम्रा छोरा-छोरीहरू कुशलका साथ बाँच्नेछन् र तपाईंको सुरक्षामा तिनका सन्तानहरू निर्धक्क रहनेछन्।
भजनसंग्रह 102 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 102:18-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू