YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 102:18-28

भजनसंग्रह 102:18-28 NNRV

अहिलेसम्‍म सृष्‍टि नगरिएका मानिसहरूले, परमप्रभुको प्रशंसा गरून्‌ भनेर यो कुरा भावी पुस्‍ताको निम्‍ति लेखिओस्‌: “परमप्रभुले उच्‍च स्‍थानमा रहेको आफ्‍नो पवित्रस्‍थानबाट, स्‍वर्गबाट तल पृथ्‍वीमाथि दृष्‍टिपात गर्नुभयो, यसरी कैदीहरूका आर्तनाद उहाँले सुन्‍न सकून्‌, र मृत्‍युदण्‍ड पाएकाहरूलाई मुक्त गर्न सकून्‌।” यसरी सियोनमा परमप्रभुका नाउँको वर्णन गरिनेछ, र यरूशलेममा उहाँको प्रशंसा गरिनेछ, जब परमप्रभुको आराधना गर्नलाई मानिसहरू र राज्‍यहरू एकत्रित हुनेछन्‌। उहाँले मेरो जीवन-यात्रामै मेरो ताकत तोडिदिनुभयो, र मेरो आयु घटाइदिनुभयो। यसैले मैले भनें, “हे मेरा परमेश्‍वर, मलाई अल्‍प आयुमा नै नलैजानुहोस्‌। तपाईंका वर्षहरू त पुस्‍तौँसम्‍म रहन्‍छन्‌। आदिकालमा तपाईंले पृथ्‍वीको जग बसाल्‍नुभयो, र स्‍वर्ग तपाईंकै बाहुलीको कृति हो। तिनीहरू नष्‍ट हुनेछन्‌, तर तपाईं रहिरहनुहुन्‍छ, तिनीहरू सबै वस्‍त्रझैँ थोत्रा भइजानेछन्‌। लुगा फेरेझैँ तपाईंले तिनीहरूलाई फेर्नुहुनेछ, र ती फालिनेछन्‌! तर तपाईं त एकैनासका हुनुहुन्‍छ, र तपाईंका वर्षहरूको अन्‍त्‍य नै हुँदैन। तपाईंका सेवकहरूका सन्‍तान तपाईंको सम्‍मुख वास गर्नेछन्‌, र तिनका सन्‍तान तपाईंको सामुन्‍ने स्‍थिर रहनेछन्‌।”