YouVersion लोगो
खोज आइकन

हितोपदेश 8:22-31

हितोपदेश 8:22-31 NCV

याहवेहले आफ्नो सृष्‍टिको सुरुमा नै, उहाँका पुरातनका सबै कामहरूभन्दा पहिले नै मलाई सृजनुभयो, परापूर्वकाल अगि नै, अर्थात् संसारको सुरु हुनुभन्दा पहिलेदेखि नै मेरो सृष्‍टि भएको थियो। सागरहरू हुनुभन्दा पहिले, पानीले भरिएका मुहानहरू हुनुभन्दा अगि नै मेरो जन्म भएको थियो, पर्वतहरू आ-आफ्ना स्थानमा स्थापित हुनुभन्दा पहिले नै, पहाडहरूभन्दा पहिल्यै मेरो जन्म भएको थियो। उहाँले पृथ्वी र त्यसका जमिनहरू, वा पृथ्वीका धुलो बनाउनुभन्दा अगि नै म सृजिएको थिएँ। जब उहाँले आकाशलाई स्थापित गर्नुभयो, म अस्तित्वमा थिएँ; उहाँले महासागरमाथि क्षितिजले घेर्नुहुँदा, म त्यहाँ थिएँ। जब उहाँले माथिका बादलहरू स्थापित गर्नुभयो; जब पानीको मूललाई स्थिर गर्नुभयो; जब पानीलाई उहाँको आज्ञा नाघेर बाहिर नजाओस् भनेर उहाँले समुद्रको सिमाना तोकिदिनुभयो; जब उहाँले पृथ्वीका जगहरू बसाल्नुभयो; त्यस समय म एक कारिगरजस्तै उहाँको छेउमा थिएँ। म दिनहुँ हर्षले विभोर हुन्थेँ; उहाँको उपस्थितिमा निरन्तर आनन्दित भइरहन्थेँ। उहाँको सम्पूर्ण संसारमा म आनन्द मनाउँथे, र मानव जातिमा प्रसन्‍न रहन्थेँ।

हितोपदेश 8 पढ्नुहोस्