“परमप्रभुले सृष्टिको प्रारम्भमा नै मलाई सृजनुभयो, उहाँका आदिका सबै कामहरूभन्दा पहिले नै। अनन्तदेखि नै मेरो नियुक्ति भएको थियो, सबैभन्दा पहिले, संसार सुरु हुनुभन्दा पनि पहिले नै। महासागर नहुँदै मेरो जन्म भएको थियो, पानीले भरिएका खोला-नालाहरू हुनुभन्दा अघि नै। पर्वतहरू आ-आफ्नो स्थानमा स्थापित हुनुभन्दा पहिले नै, पहाड़हरूभन्दा अघि नै मेरो जन्म भएको थियो। उहाँले पृथ्वी वा यसका जमिन, वा संसारमा धूलाको कण बनाउनुभन्दा अघि नै म सृजिएको थिएँ। उहाँले आकाशलाई त्यसको ठाउँमा बसाल्नुहुँदा, र महासागरलाई क्षितिजले घेर्नुहुँदा, म त्यहाँ थिएँ। उहाँले बादललाई आकाशमा स्थापित गर्नुहुँदा, र महासागरका मूलहरूलाई तिनीहरूका स्थानमा दृढ़सँग बसाल्नुहुँदा, उहाँले समुद्रको सिमाना तोकिदिनुहुँदा— उहाँको आज्ञाभन्दा बाहिर नाघी पानी नजानलाई— र उहाँले पृथ्वीका जगहरू बसाल्नुहुँदा, म एक कारीगरझैँ उहाँको छेउमा थिएँ। म दिनहुँ हर्षले विभोर हुन्थें, उहाँको उपस्थितिमा निरन्तर आनन्दित भइरहन्थें। उहाँले बनाउनुभएको सिङ्गो संसारमा आनन्दित हुँदै म मानव जातिमा प्रसन्न रहन्थें।
हितोपदेश 8 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 8:22-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू