“परमप्रभुले सृष्टिको सुरुमा नै उहाँका सबै कामहरूभन्दा पहिले मलाई सृष्टि गर्नुभयो। आदिमा नै, संसारको उत्पत्तिभन्दा अघि, सबैभन्दा पहिले मलाई नै बनाउनुभयो। महासागरहरू बनिनुअघि, पानीको मूलहरू फुट्नुअघि मेरो जन्म भएको थियो। पहाड-पर्वत र डाँडा-काँडाहरू स्थापित हुनुभन्दा अघि नै म जन्मेको थिएँ, अँ, परमेश्वरले पृथ्वी, जमिन र माटो बनाउनुभन्दा अघि नै। उहाँले आकाशलाई पृथ्वीमाथि फैलाउनुहुँदा, महासागरलाई क्षितिजले घेर्नुहुँदा, म त्यहाँ थिएँ। आकाशमा बादल फैलाउनुहुँदा, महासागरका मुहानहरू खोलिनुहुँदा र समुद्रको पानीमा सिमाना बाँधिदिनुहुँदा म त्यहाँ हाजिर थिएँ। उहाँले पृथ्वीको जगहरू बसाल्नुहुँदा म त्यहाँ थिएँ। म उहाँको छेउमा शिल्पकारझैँ दिनहुँ उहाँलाई आनन्द दिँदै, उहाँको उपस्थितिमा आफैं पनि प्रसन्न हुँदै सारा पृथ्वीसित नै आनन्दमा र मानव-जातिसित सन्तुष्ट थिएँ।
हितोपदेश 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 8:22-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू