अब, हे मेरा छोराहरू, मेरो कुरा सुन, म जे भन्छु, त्यसबाट तर्किएर नजाओ! त्यस्ती स्त्रीको मार्गदेखि टाढै बस, त्यसको घरको ढोका नजिक जाँदै नजाओ! नत्रता तिमीहरूले आफ्नो इज्जत अर्काका हातमा दिनेछौ, र तिमीहरूको प्रतिष्ठा निर्दयीको हातमा पर्नेछ, अनि अरूले तिमीहरूको धनसम्पत्तिमा चैन गर्नेछन्, र तिमीहरूका परिश्रमले अर्काको घरलाई समृद्ध तुल्याउनेछ। जीवनको अन्तिम समयमा तिमीहरूले विलाप गर्नेछौ, जब तिमीहरू गलेर हाड र छाला हुनेछौ। तब तिमीहरूले भन्नेछौ, “हाय मैले कसरी अनुशासनलाई घृणा गरेँ, र कसरी मेरो हृदयले सुधारलाई लत्यायो! मैले मेरा शिक्षकहरूको आज्ञापालन गरिनँ, र मलाई सिकाउनेहरूको कुरामा ध्यानै दिइनँ। परमेश्वरका मानिसहरूको सभामा, म पूरै सर्वनाशको खाडलमा आइपुगेको छु।”
हितोपदेश 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 5:7-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू