अब हे मेरा छोरा हो, मेरा कुरा सुन, र मैले भनेका कुराहरूबाट तर्केर एकातिर नलाग। त्यस्ती स्त्रीदेखि टाढ़ा बस, त्यसको घरको ढोका नजिक नजाओ। नत्रता तिमीहरूले आफ्नो उत्तम बल पराईलाई दिनेछौ, र तिमीहरूको उमेर निर्दयीको हातमा पर्नेछ, विदेशीहरूले तिमीहरूको सम्पत्तिमा चैन गर्नेछन्, र तिमीहरूका पसीनाको कमाइचाहिँ अर्कैको घरमा भरिभराउ हुनेछ। जीवनको आखिरी समयमा तिमीहरूले विलाप गर्नेछौ, जब तिमीहरूका मासु र छाला गलिसकेका हुनेछन्। तब तिमीहरूले भन्नेछौ, “हाय मैले अनुशासनलाई कसरी घृणा गरें, र सुधार र हप्कीलाई मेरो हृदयबाटै लत्याएँ। मैले मेरा गुरुहरूको आज्ञापालन गरिनँ, र मेरा प्रशिक्षकहरूको कुरामा ध्यानै दिइनँ। म पूरै सर्वनाशको खाड़लमा आइपुगेको छु, र सारा समुदायको सामु निन्दित भएको छु।”
हितोपदेश 5 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 5:7-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू