YouVersion लोगो
खोज आइकन

हितोपदेश 5:7-14

हितोपदेश 5:7-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अब, हे मेरा छोराहरू, मेरो कुरा सुन, म जे भन्छु, त्यसबाट तर्किएर नजाओ! त्यस्ती स्त्रीको मार्गदेखि टाढै बस, त्यसको घरको ढोका नजिक जाँदै नजाओ! नत्रता तिमीहरूले आफ्नो इज्जत अर्काका हातमा दिनेछौ, र तिमीहरूको प्रतिष्‍ठा निर्दयीको हातमा पर्नेछ, अनि अरूले तिमीहरूको धनसम्पत्तिमा चैन गर्नेछन्, र तिमीहरूका परिश्रमले अर्काको घरलाई समृद्ध तुल्याउनेछ। जीवनको अन्तिम समयमा तिमीहरूले विलाप गर्नेछौ, जब तिमीहरू गलेर हाड र छाला हुनेछौ। तब तिमीहरूले भन्‍नेछौ, “हाय मैले कसरी अनुशासनलाई घृणा गरेँ, र कसरी मेरो हृदयले सुधारलाई लत्यायो! मैले मेरा शिक्षकहरूको आज्ञापालन गरिनँ, र मलाई सिकाउनेहरूको कुरामा ध्यानै दिइनँ। परमेश्‍वरका मानिसहरूको सभामा, म पूरै सर्वनाशको खाडलमा आइपुगेको छु।”

शेयर गर्नुहोस्
हितोपदेश 5 पढ्नुहोस्

हितोपदेश 5:7-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अब हे मेरा छोरा हो, मेरा कुरा सुन, र मैले भनेका कुराहरूबाट तर्केर एकातिर नलाग। त्‍यस्‍ती स्‍त्रीदेखि टाढ़ा बस, त्‍यसको घरको ढोका नजिक नजाओ। नत्रता तिमीहरूले आफ्‍नो उत्तम बल पराईलाई दिनेछौ, र तिमीहरूको उमेर निर्दयीको हातमा पर्नेछ, विदेशीहरूले तिमीहरूको सम्‍पत्तिमा चैन गर्नेछन्, र तिमीहरूका पसीनाको कमाइचाहिँ अर्कैको घरमा भरिभराउ हुनेछ। जीवनको आखिरी समयमा तिमीहरूले विलाप गर्नेछौ, जब तिमीहरूका मासु र छाला गलिसकेका हुनेछन्‌। तब तिमीहरूले भन्‍नेछौ, “हाय मैले अनुशासनलाई कसरी घृणा गरें, र सुधार र हप्‍कीलाई मेरो हृदयबाटै लत्‍याएँ। मैले मेरा गुरुहरूको आज्ञापालन गरिनँ, र मेरा प्रशिक्षकहरूको कुरामा ध्‍यानै दिइनँ। म पूरै सर्वनाशको खाड़लमा आइपुगेको छु, र सारा समुदायको सामु निन्‍दित भएको छु।”

हितोपदेश 5:7-14 पवित्र बाइबल (NERV)

यस कारण अब मेरो छोराहरू सुन! त्यो मैले दिएको उपदेशहरूबाट निलित नहोऊ। स्त्री देखि टाढा बस अनि त्यसको घरको ढोका नजिक पनि नजाऊ। नत्र आफ्नो सर्वोत्तम शक्ति अर्कालाई दिनेछौ, अनि त्यसद्वारा तिम्रो सम्पूर्ण जीवनको प्राप्तिहरू निष्ठूर एउटा दुष्ट मानिसको हातहरूमा राख्ने छौ। यस्तो चाँहि नहोस् कि तिम्रो धनमा अरूले आनन्द भोगोस् र तिमीहरूको परिश्रमले अन्य मानिसको ढिकुटी भरियोस्। जब तिम्रो धन सम्पत्ति शरीर तथा आयु सब शेष हुन्छ त्यतिबेला चिन्ता गरेर रोई बस्नु पर्ला। तिमीले भन्नेछौ, “अहा! मैले अनुशासनलाई किन घृणा गरें? किन मेरो हृदयले सुधारलाई अस्वीकार गर्यो? मैले आफ्नो शिक्षकहरूको कुरा मानिनँ अनि उनिहरू प्रति ध्यान नै दिइनँ। म प्रायः पूर्णरूपले ध्वंश भएको छु भनी प्रत्येकले जान्दछन्।”

शेयर गर्नुहोस्
हितोपदेश 5 पढ्नुहोस्

हितोपदेश 5:7-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

ए मेरा छोराहरू हो! अब मेरा कुरा सुन र ती कहिल्‍यै नछोड। त्‍यस्‍ती आइमाईबाट टाढा बस! त्‍यसको घरको ढोकाको नजिक पनि नजाओ! नत्र त तिमीहरूले आफ्‍नो इज्‍जत अर्काका हातमा र आफ्‍नो प्राण जवान छँदै निष्‍ठुर मानिसहरूका हातमा गुमाउनेछौ। अँ, विदेशीहरूले तिमीहरूका धन-सम्‍पत्ति लिनेछन् र तिम्रा मिहिनेतको फल अरूलाई हुनेछ। अनि मर्ने बेलामा तिमीले पीडाले छटपटिएर सोर निकाल्‍नेछौ र हाड र छाला मात्र हुनेछौ। अनि तिमीले भन्‍नेछौ, “हाय! मैले किन समयमा शिक्षा लिइनँ? किन कसैबाट सुधारको कुरा ग्रहण गरिनँ? मेरा शिक्षकहरूका कुरा सुनिनँ। तिनीहरूका कुरामा ध्‍यानै दिइनँ र अचानक सारा समाजअघि मेरो बेइज्‍जत भएको थाहा पाएँ।”

शेयर गर्नुहोस्
हितोपदेश 5 पढ्नुहोस्