YouVersion लोगो
खोज आइकन

हितोपदेश 4:1-8

हितोपदेश 4:1-8 NCV

हे मेरा छोराछोरीहरू हो, आफ्नो बुबाको अर्ती सुन, यसमा ध्यान दिएर समझशक्ति प्राप्‍त गर। म तिमीहरूलाई उचित कुरा सिकाउँछु, यसकारण मेरो शिक्षालाई नत्याग! किनभने म पनि आफ्नो बुबाको एक मात्र छोरो थिएँ, मेरी आमाको कोमल र प्यारो छोरो थिएँ। मेरा बुबाले मलाई यसो भनेर सिकाउनुभयो, “तिम्रो पूरा हृदयले मेरो वचनहरू पक्रिराख, मेरा आज्ञाहरू पालन गर, र तिमी जिउनेछौ। बुद्धि प्राप्‍त गर, समझशक्ति प्राप्‍त गर; मेरा वचनहरू नबिर्स, र तिनीहरूदेखि तर्किएर नजाऊ। बुद्धिलाई नत्याग, र यसले तिमीलाई रक्षा गर्नेछ; यसलाई प्रेम गर, र यसले तिमीलाई पहरा दिनेछ। बुद्धि सर्वोच्‍च हो, यसकारण बुद्धि प्राप्‍त गर। समझशक्तिको लागि तिमीसित भएका कुनै पनि मूल्य चुकाउनुपरे तापनि यसलाई प्राप्‍त गर। बुद्धिलाई कदर गर, र यसले तिमीलाई उच्‍च पार्नेछ, यसलाई ग्रहण गर, र यसले तिम्रो आदर गर्नेछ।

हितोपदेश 4 पढ्नुहोस्