YouVersion लोगो
खोज आइकन

हितोपदेश 4:1-8

हितोपदेश 4:1-8 सरल नेपाली

ए मेरा छोराहरू हो! आफ्‍ना बुबाको अर्ती सुन, तिनमा ध्‍यान देओ र तिमीहरूलाई समझशक्ति प्राप्‍त हुनेछ। म तिमीहरूलाई जे सिकाउँछु, त्‍यो उत्तम छ यसकारण त्‍यसलाई नत्‍याग। म बालक छँदा आमाको एक्‍लो छोरो थिएँ। मेरा बुबाले मलाई शिक्षा दिनुहुन्थ्यो। उनले यसो भन्‍थे, “मेरा कुरा याद राख् र कहिल्‍यै नभुल्‌। मैले भनेजस्‍तो गर्‌ र जीवन पाउनेछस्। बुद्धि र अन्‍तर्दृष्‍टि प्राप्‍त गर्‌! मैले भनेका कुरा नभुल वा नसुनेजस्‍तो नगर्‌। बुद्धिलाई नत्‍याग्, त्‍यसले तेरो रक्षा गर्नेछ, त्‍यसलाई प्रेम गर्‌, त्‍यसले तँलाई कुशलसाथ राख्‍नेछ। बुद्धि प्राप्‍त गर्नु तेरो सबैभन्दा ठूलो काम हो। अरू जे-जति पाउन सके पनि अन्‍तर्दृष्‍टि प्राप्‍त गर्‌। बुद्धिलाई प्रेम गर्‌, त्‍यसले तँलाई महान् बनाउनेछ। त्‍यसलाई अँगालो हाल् र त्‍यसले तँलाई इज्‍जत दिनेछ।

हितोपदेश 4 पढ्नुहोस्