YouVersion लोगो
खोज आइकन

हितोपदेश 3:11-20

हितोपदेश 3:11-20 NCV

हे मेरा छोराछोरी, याहवेहको अनुशासनलाई तुच्छ नठान, र उहाँको हप्कीप्रति चित्त नदुःखाऊ; किनकि जसलाई याहवेहले प्रेम गर्नुहुन्छ, उसलाई नै उहाँले अनुशासन गर्नुहुन्छ, जसरी बुबाले आफ्नो प्यारो छोरालाई ताडना दिन्छन्। त्यो मानिस धन्यको हो, जसले बुद्धि प्राप्‍त गर्छ, र जसले समझशक्ति प्राप्‍त गर्छ, किनकि यो चाँदीभन्दा लाभदायक हुन्छ, र यसले सुनभन्दा उत्तम प्रतिफल दिन्छ। बुद्धि माणिकहरूभन्दा पनि मूल्यवान् हुन्छ, तिमीले इच्छा गरेका कुनै पनि थोक यससँग तुलना गर्न सकिँदैन। यसको दाहिने हातमा दीर्घायु छ, र यसको देब्रे हातमा धनसम्पत्ति र सम्मान छन्। यसका मार्गहरू आनन्ददायक हुन्छन्, र यसका सबै बाटाहरू शान्तिका हुन्छन्। यसलाई पक्रिरहनेहरूका निम्ति यो जीवनको रूख हो, यसलाई अपनाउनेहरूका लागि आशिष् हो। बुद्धिद्वारा नै याहवेहले पृथ्वीको जग बसाल्नुभयो, समझशक्तिद्वारा उहाँले स्वर्गहरूलाई ठिक ठाउँमा राख्नुभयो, उहाँको ज्ञानद्वारा सागरका गहिराइहरू भाग-भाग भए, र बादलहरूले शीत वृष्‍टि गरे।

हितोपदेश 3 पढ्नुहोस्