YouVersion लोगो
खोज आइकन

हितोपदेश 3:11-20

हितोपदेश 3:11-20 सरल नेपाली

ए मेरो छोरो, परमप्रभुले तँलाई सुधार्नुहुँदा ध्‍यान दे र त्‍यसलाई विरक्त नमान् किनभने जसरी बुबाले जुन छोरोमा गर्व गर्छ, उसैलाई दण्‍ड दिन्‍छ, त्‍यसरी नै परमप्रभुले जसलाई प्रेम गर्नुहुन्‍छ, उसैलाई सुधार्नुहुन्‍छ। बुद्धि र समझशक्ति प्राप्‍त गर्ने मानिस खुसी रहन्‍छ। त्‍यसमा चाँदीमा भन्दा बढी लाभ हुन्‍छ र त्‍यो सुनभन्दा उत्तम हो। बुद्धि हीरा-मोतीभन्दा ज्‍यादै उत्तम हुन्‍छ, तैँले चाहेको कुनै कुराको त्‍योसित तुलना गर्न सकिंदैन। बुद्धिले तँलाई दीर्घायु, धन-सम्‍पत्ति र इज्‍जत पनि दिँदछ। बुद्धिले तेरो जीवन आनन्‍दमय बनाउन सक्‍छ र जीवन-पथमा तँलाई कुशलसाथ डोर्‍याउँछ। बुद्धि पाउनेहरू खुसी हुन्‍छन्, बुद्धिले तिनीहरूलाई जीवन दिँदछ। परमप्रभुले बुद्धिद्वारा पृथ्‍वी बनाउनुभयो, उहाँले ज्ञानद्वारा आकाशलाई त्‍यसको ठाउँमा बसाल्‍नुभयो। उहाँको बुद्धिले नदीहरू बगिनिस्‍के र बादलबाट पृथ्‍वीमा वर्षा भयो।

हितोपदेश 3 पढ्नुहोस्