हितोपदेश 3:11-20
हितोपदेश 3:11-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे मेरो छोरो, परमप्रभुको अनुशासनलाई अवहेलना नगर्, र उहाँको हप्कीलाई खराब नठान्, किनभने जसलाई परमप्रभु प्रेम गर्नुहुन्छ उसैलाई नै उहाँले अनुशासन दिनुहुन्छ। जसरी बुबाले आफ्नो प्यारो छोरालाई अनुशासन दिन्छन्। धन्य हो त्यो मानिस जसले बुद्धि प्राप्त गर्छ, र समझशक्ति हासिल गर्छ, किनभने बुद्धि चाँदीभन्दा धेरै लाभदायक हुन्छ, र त्यसले सुनले भन्दा बढ़ी फाइदा दिन्छ। त्यो मानिकभन्दा पनि बहुमूल्य हुन्छ, र तैंले इच्छा गरेको कुनै पनि थोक त्यससँग तुलना गर्न सकिँदैन। बुद्धिको दाहिने हातमा दीर्घायु, र त्यसको देब्रे हातमा धन र सम्मान हुन्छन्। त्यसका मार्गहरू आनन्ददायक हुन्छन्, र त्यसका सबै बाटोहरू शान्तिका हुन्छन्। बुद्धिलाई अँगाल्नेहरूका निम्ति त्यो एक जीवनको रूख हो, त्यसलाई पक्रनेहरूले आशिष् पाउनेछन्। बुद्धिले नै परमप्रभुले पृथ्वीको जगहरू बसाल्नुभयो, समझशक्तिले उहाँले आकाशलाई त्यसको ठाउँमा राख्नुभयो। उहाँको ज्ञानले गहिरा सागरहरू फुटिनिस्के, र बादलले तलतिर शीत झारे।
हितोपदेश 3:11-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे मेरा छोराछोरी, याहवेहको अनुशासनलाई तुच्छ नठान, र उहाँको हप्कीप्रति चित्त नदुःखाऊ; किनकि जसलाई याहवेहले प्रेम गर्नुहुन्छ, उसलाई नै उहाँले अनुशासन गर्नुहुन्छ, जसरी बुबाले आफ्नो प्यारो छोरालाई ताडना दिन्छन्। त्यो मानिस धन्यको हो, जसले बुद्धि प्राप्त गर्छ, र जसले समझशक्ति प्राप्त गर्छ, किनकि यो चाँदीभन्दा लाभदायक हुन्छ, र यसले सुनभन्दा उत्तम प्रतिफल दिन्छ। बुद्धि माणिकहरूभन्दा पनि मूल्यवान् हुन्छ, तिमीले इच्छा गरेका कुनै पनि थोक यससँग तुलना गर्न सकिँदैन। यसको दाहिने हातमा दीर्घायु छ, र यसको देब्रे हातमा धनसम्पत्ति र सम्मान छन्। यसका मार्गहरू आनन्ददायक हुन्छन्, र यसका सबै बाटाहरू शान्तिका हुन्छन्। यसलाई पक्रिरहनेहरूका निम्ति यो जीवनको रूख हो, यसलाई अपनाउनेहरूका लागि आशिष् हो। बुद्धिद्वारा नै याहवेहले पृथ्वीको जग बसाल्नुभयो, समझशक्तिद्वारा उहाँले स्वर्गहरूलाई ठिक ठाउँमा राख्नुभयो, उहाँको ज्ञानद्वारा सागरका गहिराइहरू भाग-भाग भए, र बादलहरूले शीत वृष्टि गरे।
हितोपदेश 3:11-20 पवित्र बाइबल (NERV)
हे मेरा छोरा, परमप्रभुको अनुशासन स्वीकार गर अनि उहाँले दण्ड दिनु भए रीस नगर। त्यसबाट शिक्षा हासिल गर। किनकि आफूले माया गर्नुभएका मानिसहरूलाई उहाँले सुधार्नु हुन्छ। हो, परमेश्वर बाबु जस्तै हुनुहुन्छ जुन बाबुले आफूले माया गरेको छोरालाई सजाय दिन्छ। धन्य हो त्यो मानिस जसले ज्ञान प्राप्त गर्छ। जसले विवेक हाँसिल गर्छ त्यो धन्य हो। ज्ञानबाट जो लाभ हुन्छ, त्यो बहुमूल्य चाँदी भन्दा असल हो। ज्ञानबाट भएको लाभ सुन भन्दा असल हो। ज्ञान भौतिक मणि र माणिक भन्दा अधिक मुल्यवान हो। तिमीले चाहेको बस्तुहरूमा ज्ञान भन्दा मुल्यवान अरू हुन सक्तैन। ज्ञानको दाहिने हातमा दीर्घायु छ भने देब्रे हातमा धन र सम्मान छ। ज्ञानका मार्गहरू आनन्द दायक हुन्छन् ज्ञान मार्गबाट शान्ति पाइन्छ। ज्ञान एउटा मानिसको निम्ति जीवनको बृक्ष झैं हो जसले उसलाई बलियो गरी समाउँछ अनि त्यसमा जो टाँसिएर रहेनछ सधैँ धन्य रहन्छन्। परमेश्वरले ज्ञानद्वारा पृथ्वी स्थापना गर्नु भयो, र सम्झ-शक्तिद्वारा आकाश सृजना गर्नु भयो। उहाँको ज्ञानद्वारा परमप्रभुले समुद्र र बादल सृजना गर्नु भयो जसबाट पानी पर्छ।
हितोपदेश 3:11-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ए मेरो छोरो, परमप्रभुले तँलाई सुधार्नुहुँदा ध्यान दे र त्यसलाई विरक्त नमान् किनभने जसरी बुबाले जुन छोरोमा गर्व गर्छ, उसैलाई दण्ड दिन्छ, त्यसरी नै परमप्रभुले जसलाई प्रेम गर्नुहुन्छ, उसैलाई सुधार्नुहुन्छ। बुद्धि र समझशक्ति प्राप्त गर्ने मानिस खुसी रहन्छ। त्यसमा चाँदीमा भन्दा बढी लाभ हुन्छ र त्यो सुनभन्दा उत्तम हो। बुद्धि हीरा-मोतीभन्दा ज्यादै उत्तम हुन्छ, तैँले चाहेको कुनै कुराको त्योसित तुलना गर्न सकिंदैन। बुद्धिले तँलाई दीर्घायु, धन-सम्पत्ति र इज्जत पनि दिँदछ। बुद्धिले तेरो जीवन आनन्दमय बनाउन सक्छ र जीवन-पथमा तँलाई कुशलसाथ डोर्याउँछ। बुद्धि पाउनेहरू खुसी हुन्छन्, बुद्धिले तिनीहरूलाई जीवन दिँदछ। परमप्रभुले बुद्धिद्वारा पृथ्वी बनाउनुभयो, उहाँले ज्ञानद्वारा आकाशलाई त्यसको ठाउँमा बसाल्नुभयो। उहाँको बुद्धिले नदीहरू बगिनिस्के र बादलबाट पृथ्वीमा वर्षा भयो।