YouVersion लोगो
खोज आइकन

हितोपदेश 3

3
बुद्धिबाट पाइने अरू फाइदाहरू
1हे मेरो छोरा, मेरो शिक्षालाई नभुल्, तर मेरा आज्ञाहरू आफ्‍नो हृदयमा लुकाइराख्‌।
2किनभने तिनले तँलाई दीर्घायु बनाउनेछन्,
र तेरो लागि सम्‍पन्‍नता ल्‍याउनेछन्‌।
3भक्ति र विश्‍वासयोग्‍यताले तँलाई कहिल्‍यै नछोडून्, ती तैंले आफ्‍नो गलामा बाँधिराख्, आफ्‍नो हृदयको पाटीमा ती लेखिराख्‌।
4तब परमेश्‍वर र मानिसको दृष्‍टिमा #लूक २:५२ तैंले निगाह पाउनेछस्‌ र असल नाउँ कमाउनेछस्‌।
5आफ्‍नो सारा हृदयले परमेश्‍वरमा भरोसा राख्,
र तेरो आफ्‍नै समझशक्तिमा भर नपर्‌
6आफ्‍ना सारा मार्गमा उहाँलाई सम्‍झी,
र उहाँले तेरा मार्गहरू सोझा तुल्‍याइदिनुहुनेछ।
7आफ्‍नै नजरमा बुद्धिमान्‌ नहोऊ,#रोम १२:१६ परमप्रभुको भय मान्‌ र दुष्‍कर्मलाई त्‍याग्‌।
8यसले तेरो शरीरलाई स्‍वस्‍थ तुल्‍याउनेछ,
र तेरो हड्डीको लागि पोषण दिनेछ।
9आफ्‍नो धन-सम्‍पत्ति र आफ्‍ना सबै उब्‍जनीको अगौटे फलले परमप्रभुको आदर गर,
10तब तेरा ढुकुटीहरू पोखुन्‍जेल भरिनेछन्,
र तेरा भाँड़ाहरू नयाँ मद्यले चुलिएर पोखिनेछन्‌।
11हे मेरो छोरो, परमप्रभुको अनुशासनलाई अवहेलना नगर्, #हिब १२:५-६#अयू ५:१७
र उहाँको हप्‍कीलाई खराब नठान्,
12किनभने जसलाई परमप्रभु प्रेम गर्नुहुन्‍छ #प्रका ३:१९ उसैलाई नै उहाँले अनुशासन दिनुहुन्छ। जसरी बुबाले आफ्‍नो प्‍यारो छोरालाई अनुशासन दिन्‍छन्‌।
13धन्‍य हो त्‍यो मानिस जसले बुद्धि प्राप्‍त गर्छ,
र समझशक्ति हासिल गर्छ,
14किनभने बुद्धि चाँदीभन्‍दा धेरै लाभदायक हुन्‍छ,
र त्‍यसले सुनले भन्‍दा बढ़ी फाइदा दिन्‍छ।
15त्‍यो मानिकभन्‍दा पनि बहुमूल्‍य हुन्‍छ,
र तैंले इच्‍छा गरेको कुनै पनि थोक त्‍यससँग तुलना गर्न सकिँदैन।
16बुद्धिको दाहिने हातमा दीर्घायु,
र त्‍यसको देब्रे हातमा धन र सम्‍मान हुन्‍छन्‌।
17त्‍यसका मार्गहरू आनन्‍ददायक हुन्‍छन्,
र त्‍यसका सबै बाटोहरू शान्‍तिका हुन्‍छन्‌।
18बुद्धिलाई अँगाल्‍नेहरूका निम्‍ति त्‍यो एक जीवनको रूख हो, त्‍यसलाई पक्रनेहरूले आशिष्‌ पाउनेछन्‌।
19बुद्धिले नै परमप्रभुले पृथ्‍वीको जगहरू बसाल्‍नुभयो, समझशक्तिले उहाँले आकाशलाई त्‍यसको ठाउँमा राख्‍नुभयो।
20उहाँको ज्ञानले गहिरा सागरहरू फुटिनिस्‍के,
र बादलले तलतिर शीत झारे।
21हे मेरो छोरो, सद्दे बुद्धि र विवेकलाई जोगाइराख्, तिनलाई तेरो दृष्‍टिबाट जान नदे,
22ती तेरो निम्‍ति जीवन,
र तेरो गलामा शोभाको गहनाझैँ हुनेछन्‌।
23तब तँ आफ्‍नो मार्गमा सुरक्षित भई हिँड्‌नेछस्,
र तेरा खुट्टा लरबरिनेछैन।
24जब तँ ढल्‍किनेछस्‌ तँ भयभीत हुनेछैनस्, जब तँ ढल्‍किनेछस्‌ तँलाई मीठो निद्रा लाग्‍नेछ।
25दुष्‍टहरूमाथि एक्‍कासि आइलाग्‍ने विपत्ति वा सर्वनाशसँग तँचाहिँ नडरा,
26किनभने परमप्रभु नै तेरो साहस हुनुहुनेछ,
र उहाँले तेरो खुट्टालाई पासोमा पर्नदेखि जोगाउनुहुनेछ।
27ज-जसलाई भलाइ गर्नुपर्छ, तेरो हातमा भइञ्‍जेल त्‍यो नरोक्‌,
28जब कि तँसँग त्‍यो अहिले नै छ, आफ्‍नो छिमेकीलाई “पछि आऊ, भोलिपर्सि दिऊँला,” नभन्‌।
29आफ्‍नो छिमेकीको विरुद्धमा षड्‌यन्‍त्र नरच्‌। जो तेरो नजिक भरोसा राखेर बस्‍दछ।
30विनाकारण कुनै मानिसलाई दोष नलगा, जसले तेरो कुनै खराबी गरेको छैन।
31हिंसात्‍मक मानिसको ईर्ष्‍या नगर्,
र त्‍यसको कुनै पनि मार्गलाई नछान्‌।
32किनकि परमप्रभु कुटिल मानिसलाई घृणा गर्नुहुन्‍छ, तर सोझाहरूलाई आफ्‍नो विश्‍वासमा राख्‍नुहुन्‍छ।
33दुष्‍टहरूको घरमा परमप्रभुको सराप पर्छ, तर धर्मीको घरलाई उहाँले आशिष्‌ दिनुहुन्‍छ।
34अभिमानी गिल्‍ला गर्नेहरूलाई उहाँले गिल्‍लामा उड़ाउनुहुन्‍छ, #याक ४:६; १ पत्र ५:५ तर नम्रहरूलाई अनुग्रह दिनुहुन्‍छ।
35बुद्धिमान्‌ले इज्‍जत प्राप्‍त गर्दछ, तर मूर्खहरूलाई उहाँले लज्‍जित तुल्‍याउनुहुनेछ।

अहिले सेलेक्ट गरिएको:

हितोपदेश 3: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्