YouVersion लोगो
खोज आइकन

हितोपदेश 26:13-20

हितोपदेश 26:13-20 NCV

अल्छेले भन्छ, “बाटोमा सिंह छ, एउटा डरलाग्दो सिंह गल्‍लीहरूमा डुलिरहेको छ।” ढोका कब्जामा यताउता फर्केजस्तै, अल्छे आफ्नो ओछ्यानमा यताउता पल्टिन्छ। अल्छेले आफ्नो हात थालमा राख्छ, तर त्यसले आफ्नो हात उठाएर मुखसम्म पनि पुर्‍याउन अल्छी मान्छ। सात जना मानिसले बुद्धिपूर्वक जवाफ दिएकोभन्दा, एक जना अल्छे आफ्नै दृष्‍टिमा बुद्धिमान् हुन्छ। बाटो हिँड्ने मानिसले अर्काको झगडामा हस्तक्षेप गर्नु, कुकुरलाई कानमा समात्नुजस्तै हो। आफ्नो छिमेकीलाई छल गरिसकेपछि, “मैले त ठट्टा मात्र गरेको हो!” भन्‍ने व्यक्ति अगुल्टो वा घातक काँड हान्‍ने बौलाहाजस्तो हो। दाउराविना आगो निभ्छ; कुरौटेविना झगडा शान्त हुन्छ।

हितोपदेश 26 पढ्नुहोस्