अल्छेले भन्छ, “सडकमा सिंह बसेकोछ, यसकारण म घरबाट निस्कन सक्तिनँ।” अल्छे मानिस कही जाँदैन, ढोका आफ्नो कब्जामा अल्झेर यता उति भइरहेको झैं, अल्छे आफ्नो ओछ्यानमा यता उति पल्टि रहन्छ। अल्छे मानिसलाई यति अल्छी लाग्छ कि उसलाई आफ्नो थालबाट गाँस उठाउनु पनि गाह्रो पर्छ। एउटा अल्छेले आफैंलाई बुद्धिमान सम्झन्छ। उसले आफैंलाई विवेकपूर्ण जवाफ दिने ती सात जाना बुद्धिमान मानिसहरू भन्दा पनि ज्ञानी सम्झन्छ। दुइजना मानिसहरूको विवादमा पक्ष लिनु त्यति नै विपद जनक हो जति गल्लीमा कुकुरको कान तानेर हिँड्नु। छिमेकीलाई धोका दिनु अनि त्यस पछि त्यो “मैले दिल्लगी गरेको” भनेर भन्ने मानिस एकजना पागल मानिस जस्तै हो, जसले प्राणनाशक काँडहरू हान्छ। जसरी दाउराविना आगो बल्दैन त्यसरी नै बदनाम गराउनेलाई हटाइन्छ भने झगडा़ आफैं अन्त हुनेछ।
हितोपदेशको पुस्तक 26 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेशको पुस्तक 26:13-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू