अल्छीले बाटोमा खतरनाक सिंह छ भनी बाहिर निस्कँदैन। कब्जामा ढोका यताउता चलेझैँ अल्छी आफ्नो ओछ्यानमा यताउता पल्टन्छ। अल्छीले आफ्नो गाँस उठाएर मुखमा हाल्न गाह्रो मान्छ। अल्छीले आफैंलाई समझसित जवाफ दिने सात जना मानिसभन्दा बुद्धिमान् सम्झन्छ। अर्काको झगडामा हात हाल्नु बाटोमा गइरहेको कुकुरको कान समात्नुजस्तै हो। अर्कालाई धोका दिएर मैले त ठट्टा मात्र पो गरेको थिएँ भन्ने मानिस प्राणघातक हतियार खेलाउने बौलाहाजस्तै हो। दाउराबिना आगो निभ्छ, व्यर्थका कुराकानीबिना झगडा साम्य हुन्छ।
हितोपदेश 26 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 26:13-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू